बागमती प्रदेशभर ५२ वटा यात्रु सहायता कक्ष

साझाकुरा
२०७९ आश्विन ११, मंगलवार १२:०४

हेटौंडा- बागमती प्रदेश प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गरेर प्रदेशका १० जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वमा यात्रुहरुको बाक्लो चहलपहलमा ध्यान दिँदै उनीहरुको सुरक्षाका लागि बागमती प्रदेशका १० जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरेको छ । प्रदेशको उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुरमा भने यात्रु सहायता कक्षा स्थापना नभएको जनाइएको छ। मकवानपुरमा प्रदेश र जिल्ला प्रहरीले गरेर ९ वटा यात्रु सहायकता कक्षा सञ्चालनमा ल्याइएको छ । चाडपर्वको समयमा यात्रुहरुको भिडभाड हुने भएकाले सुरक्षित हिसाबले गन्तव्यतर्फ पुग्ने वातावरण सिर्जना गर्न प्रदेश अन्तर्गतका १० वटा जिल्लामा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी संचालनमा ल्याईएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार प्रदेश अन्तर्गतका व्यस्त बसपार्क, यात्रुको भिडभाड र आवतजावत हुने स्थानहरुमा ट्राफिक प्रहरी सहितको सहायता कक्ष स्थापना गरिएको हो । मकवानपुरमा ८, चितवनमा ४, धादिङमा ६, नुवाकोटमा ६, रसुवामा ६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछाप २ र सिन्धुलीमा ५ गरी जम्मा ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष एकैपटक संचालनमा ल्याइएको उनले बताए । स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरी सहित १ सिफ्टमा १५६ जना प्रहरी हुने गरी २४ औं घण्टा प्रहरी परिचालन गरिएको रग्मीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*