चाडपर्वमा तडकभडक नगरौं

साझाकुरा
२०७९ कार्तिक ४, शुक्रबार ११:५०

नेपाली समाज बहुजाति, बहुसंस्कृति, बहुधार्मिक विचार र सांस्कृतिक विविधता बोकेको समाज हो । यहा“ विभिन्न जातजातिका आ–आफ्नै परम्परा र संस्कारअनुरुप विभिन्न चाडपर्व मनाइने गरिन्छ । पछिल्लो समय चाडपर्वमा एकअर्का समुदायका व्यक्तिहरुको सहभागिता मात्रै होइन, ती पर्वहरुको अनुकरण गर्ने कुरामा पनि तीव्रता आइरहेको छ । एउटा समुदायको परम्परा, संस्कृति र उसले मनाउने चाडपर्वमा अर्को समुदायको सहभागिताले सामाजिक सद्भाव कायम गराउन र सामाजिक एकता कायम गर्नका लागि महत्वपूर्ण भूमिका खेल्दछ । तर, आजभोलि नक्कल र आडम्बरयुक्त व्यवहारको चपेटामा चाडपर्वको सकारात्मक पÔ ओझेलमा पर्दै गएको छ । कतिपय चाडपर्वहरु आफ्नो धार्मिक मान्यता तथा जातीय संस्कृतिभन्दा पृथक बन्न थालेका छन् । चाडपर्वको नाममा गरिने अनावश्यक तडकभडक र देखाइने आडम्बरले विकृति बढ्दै गइरहेको छ ।
नेपालका प्रमुख चाडपर्वमध्ये वडादशैं सकिएको छ ।

शुभ–दीपावली सुरु भएको छ । चाडपर्वको कुरा गर्दा नेपाली महिलाहरुको महान चाड तीज सकिएको छ । तीजको महिना दिन अघिदेखि महंगा होटल, आफन्त र नातेदारका सजिलो अप्ठेरोसमेत नबुझी भद्धा र खर्चिलो गरी दर खाने, खुवाउनपर्ने प्रचलन बढ्दै गएको छ । दरमा खानाको विभिन्न परिकार थपिएसँगै मदिराको चुस्की लाउने विकृतिसमेत हुर्किएको पाइन्छ । यसैगरी नेपालीहरुको महान् पर्वको रुपमा रहेको वडादशैं पनि सकिएको छ । वडादशैंमा पनि नेपालीहरुले खर्चको दरलाई बढाउँदै गएको पाइन्छ । दशैंमा जुवातास र खानपिनमा मदिराको प्रयोगले गर्दा लिड्डे पिङ, रोटेपिड्ड र जाँतेपिड्डको सँस्कृति विकृत हुँदै गएको छ । फजुल खर्च र भड्किलो व्यवहार यत्रतत्र देखिन थालेका छन् । आफूसँग नभए पनि अरुलाई देखाउनकै लागि ऋण लिएरै चाडपर्वको नाममा खर्च गर्नेहरु बढ्दैछन् । सामाजिक हैसियत राम्रो देखाउन समाजका अघि सकी–नसकी खर्च गर्नैपर्ने मनोवैज्ञानिक बाध्यता सिर्जना हु“दै गएको देखिन्छ ।

हामीले मनाउने गरेका विभिन्न चाडपर्व तथा सांस्कृतिक गतिविधि धर्म, संस्कृति संरक्षणको पक्षसँग मात्रै सीमित छैन । प्रकृतिसँगको तादात्म्यता राख्दै मानव समुदायलाई सही दिशा प्रदान गर्नका लागि सहायकसिद्ध भएका यस्ता परम्पराहरु आज त्यो रुपमा छैनन् । चाडपर्वको सकारात्मक पाटो हराउँदै गएर यो समाजमा आर्थिक हैसियत र आडम्बर प्रदर्शन गर्ने अवसर बन्दै गएको छ । चाडपर्व र संस्कृतिको नाममा अनावश्यक पैसा खर्च गर्नेक्रम बढेको छ । त्यसैले हाम्रा मौलिक चाडपर्वलाई भड्किलो हुन नदिऔं । फजुल खर्च र भड्किलो व्यवहारले चाडपर्वको गरिमा घटाउन अग्रसर नबनौं । अब शुभ दीपावली अर्थात् तिहार नजिकिँदै छ । यसमा द्यौसीभैलोलाई मौलिक बनाऔं, परम्परागत साँस्कृतिक विशेषतायुक्त द्यौसीलाई प्रश्रय दिऔं, रातमा झिलिमिली गरेर मनाइने पर्व भएकोले यसलाई रातिको विकृति फैल्याउने पर्वको रुपमा विकसित हुन नदिऔं । साँस्कृतिक र मौलिक परम्परालाई अक्षुण राख्ने तरिकालेमात्र चाड मनाऔं, विकृति फैल्याउने गतिविधिको अन्त्य गरौं ।

यसमा तपाइको मत

Your email address will not be published.


*