जिल्लाका क्रसर उद्योगको नदीजन्य पदार्थ मौज्दात प्रमाणित

साझाकुरा
२०७९ कार्तिक ५, शनिबार १०:०३

हेटौंडा- जिल्ला समन्वय समिति मकवानपुरले जिल्लाका क्रसर उद्योगहरुको नदीजन्य पदार्थ मौज्दाज प्रमाणित गरेको छ । जिल्लाका सात वटा स्थानीय तहमा रहेका क्रसर उद्योगको नदीजन्य पदार्थको मौज्दात प्रमाणित गरिएको समितिले जानकारी दिएको छ । समितिले शुक्रबार पत्रकार सममेलन गर्दै सात वटा स्थानीय तहको नदिजन्य पदार्थको मौज्दात प्रमाणित गरिएको र अब दुई वटा स्थानीय तहको मात्र बाँकी रहेको जानकारी दिएको छ । धेरैजसो क्रसर उद्योगले जरिवाना रकम तिर्नुपर्ने भएको छ ।क्रसर उद्योगले तोकिएको भन्दा बढी नदिजन्य पदार्थ उत्खनन् गरेको पाइएको समिति प्रमुख ललितबहादुर घलानले जानकारी दिए ।

तोकिएको भन्दा बढी नदीजन्य पदार्थ मौज्दात गरेका कारण क्रसर उद्योगहरुलाई तत्काल जरिवाना रकम संकलन गरिने घलानले बताए । क्रसर रहेका सात वटै स्थानीय तहमा जरिवानाको सम्बन्धमा पत्राचार गरिएको घलान बताउँछन् । नदीजन्य तथा खानीजन्य जिल्ला अनुगमन समितिबाट उपसमितिको सिफारिसमा गरिएको अनुगमनको प्रतिवेदन सम्बन्धित स्थानीय तहमा पठाइसकिएको घलानले बताए । थाहा नगरपालिका र कैलाश गाउँपालिकामा नदीजन्य पदार्थको मौज्दात प्रमाणित गर्न बाँकी रहेको छ । समन्वय समितिले चालु आर्थिक वर्षको तीन महिनामा गरेका कामको विवरण सार्वजनिक गरेको छ । समन्वय समितिले चालु आर्थिक वर्षको १ साउनदेखि असोज मसान्तसम्म गरेको कामको विवरण सार्वजनिक गरेको हो । समितिका ७ जना सदस्यहरुलाई कार्यक्षेत्र बाडफाँड गरेर काम सुरु गरिएको समन्वय समितिका प्रमुख घलानले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*