बाघ आतंकबाट आफू बचौैं, अरुलाई पनि बचाऔं

साझाकुरा
२०७९ मंसिर १, बिहीबार ०९:५३

पछिल्लो समय वन ज·ल नजिकका बस्तीहरू लगायत अन्यत्र जे÷जसरी बाघबाट हुने आक्रमणका घटना बढ्दै गएको छ, त्यो आफैँमा चिन्ताको विषय हो । बाघको आक्रमणका कारण अहिले हेटौंडा आसपासका बस्तीमा डर त्रास बढेको छ । त्यस्तै अन्य स्थानमा पनि छिटपुटरूपमा बाघले मानिसमाथि आक्रमण गरेको घटना बाहिर आएका छन् । पछिल्लो समय हेटौंडामा पाटेबाघको आतड्ढ मच्चिएको छ । हेटौंडा–१ नम्बर वडास्थित भैरबडाँडा, लालझाडीलगायत मकवानपुरगढी गाउँपालिकामा बाघले विभिन्न पशुचौपायामाथि आक्रमण गरिसकेकोछ । पछिल्लो समय निकुञ्ज आसपासका क्षेत्रमा बाघको सङ्ख्या बढेसँगै बाघले मध्यवर्ती क्षेत्रमै बासस्थान बनाउन थालेको छ । बाघको बासस्थान वरपर मानवीय गतिविधि पूर्ववत् अवस्थामा रहँदा हिंस्रक घटना बढ्न थालेका हुन् । बाघ निश्चित क्षेत्रलाई आफ्नो बासस्थान बनाएर बस्ने प्राणी हो । सङ्ख्या बढ्दै गएर निकुञ्जभित्र बासस्थान नपुगेपछि बाघले मध्यवर्ती सामुदायिक वनहरुमा आफ्नो बासस्थान बनाउँदै गएको अनुमान गर्न सकिन्छ ।

मकवानपुर पनि बाघको उपयुक्त बासस्थान नभए पनि चितवन राष्ट्रिय निकुञ्जबाट मनहरी मध्यवर्तीवन हुँदै लालझाडी आइपुगेको आँकलन गर्न सकिन्छ । विज्ञहरूको भनाइमा एउटा क्षेत्रमा एउटामात्रै बाघ बस्ने र संख्या बढ्दा अर्को बयस्क बाघ आफ्नो बासस्थानको खोजीमा हिँड्ने गर्छ । त्यसैले पनि बाघको आहोरदोहोर बढी भएको मान्न सकिन्छ । बाघको यो ओहोरदोहोर हुन थालेपछि त्यस्ता सम्भावित क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोषसँगको समन्वयमा क्यामेरा ट्रयापिङको काम पनि भइरहेको छ । अहिले जंगली वन्यजन्तुको सम्भावित आक्रमणबाट जोगिन÷जोगाउन स्थानीय समुदायले आ–आफ्नै स्थानबाट विभिन्न प्रयास गर्दै आएका छन् । त्यसो त पछिल्लो समय मानव र वन्यजन्तुबीच बढ्दै गएको द्वन्द्वका घटनाले दुवैतर्फ क्षतिका घटना नभएका होइनन् । विशेषगरी जंगली क्षेत्रमा पूर्वाधारहरू निर्माण भएसँगै वन्यजन्तुहरू बस्ती र सडकतर्फ आउने क्रममा मानिस र बस्तीमा क्षति पु¥याउने गरेका छन् भने त्यहीकारण वन्यजन्तुहरू पनि मानवीय निशानामा पर्ने गरेका छन् । कतै बाघको आक्रमणका कारण क्षति भएका छन् भने कतिपय स्थानमा जंगली हात्तीले मानवीय बस्तीमा क्षति गराएका दृष्टान्त छन् । यसले गर्दा मुलुकका विभिन्न संरक्षित क्षेत्रका राजमार्ग, सडक वा अन्य स्थानमा मानव र वन्यजन्तु बीचको द्वन्द्वबाट दुवैतर्फ हुने क्षति बर्षेनि बढ्दै गइरहेको छ ।

बाघबाट बच्नको लागि साँझमा बाहिर नबस्ने आफ्नो घरवरिपरि कम्पाउन्ड लगाउने । बिहान बेलुकी बाहिर नजाने, ज·ल जानुपरे समूहमा जाने र ध्यान दिएर सावधानीपूर्वक काम गर्ने, बाघले बच्चा भएको ठाउँ तिर नजाने, घर वरपर हिँडडुल गर्दा पर्याप्त प्रकाशको व्यवस्था गर्ने, साँझविहान हिँडडुल गर्दा सेतो कपडा लगाएर गर्नेलगायत सावधानी अपनाउनु पर्ने राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुले बताएका छन् । यी विषयहरुमा सावधानी अपनाउँदै बाघबाट हुनसक्ने मानवीय क्षति न्यूनीकरण गरौं । बाघबाट आफू बचौं, अरुलाई बचाऔं ।

यसमा तपाइको मत

Your email address will not be published.


*