प्रतिनिधिसभा प्रदेशसभा निर्वाचन–२०७९ मतदानमा अनिवार्य भाग लिऔं

साझाकुरा
२०७९ मंसिर ४, आईतवार ०८:१२

जनताले चाहेका प्रतिनिधि र पार्टी चुनेर पठाउने प्रक्रिया नै निर्वाचन हो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा प्रवेश गरेसंगै यो दोस्रो निर्वाचन हो । २०७२ सालमा संविधान जारी भएपछि पहिलोपटन २०७४ सालमा निर्वाचन भयो । जसमा स्थानीय तह, प्रदेश तह र संघीय तह गरी तीन तहको सरकार निर्माण भयो । उक्त सरकारको समयावधि पाँच वर्ष सकिएपछि पुनः गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भयो ।

अब प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । आज हुने यो निर्वाचनबाट प्रदेश तहको सरकार बनाउने र केन्द्रीय सरकार बनाउने सांसद्हरु निर्वाचित गर्दछ । उक्त संघीय र प्रदेशस्तरीय सरकार गठन गर्न सांसद् चुनेर पठाउनुपर्ने आवश्यकता छ । तर, भएका मतदाताको बढीभन्दा बढीको सहभागिता सुनिश्चित गरी गरिएको प्रतिनिधि चयन प्रक्रिया आफैंमा मजबुद लोकतन्त्रको नमूना हुन्छ ।

जनताले आफूले चाहेकै उम्मेदवार जितोस् भनेर भोट हाल्छन् । तर, भोट हालेँ भनेरमात्रै कहाँ उम्मेदवारले पाउँछन् र ? सही तरिकाले चाहेको चिन्हमा छाप लगाइएन भने वा अरु त्रुटि भयो भने त्यो मत खेर जान्छ । गणना नै हुँदैन । मत बदर हुन्छ । मतदाताको निरक्षरताका कारण मत बदर हुन्छ । मतदान प्रक्रियामा मतदाता साक्षर नभई मत जोगिन्न । त्यसैले त निर्वाचन आयोगले निर्वाचन शिक्षा अभियानै चलाउँछ । तैपनि हरेक चुनावमा मत बदर हुन छाडेको छैन ।

प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचन–२०७४ मा झन्डै १० प्रतिशत मत बदर भयो । प्रतिनिधिसभामा समानुपातिकतर्फ १० लाख ४२ हजारभन्दा मत बदर भएको थियो । २०७४ को स्थानीय निर्वाचनमा ३.१८ प्रतिशत बदर भएको थियो । निर्वाचनको अनुभव सँगालेरै मत बदर नहोऊन् भनेर त्यो साल मतदाता शिक्षामा १ अर्ब ५० करोड खर्च गरिएको थियो ।

तर, नतिजा अपेक्षाकृत आएन । बहुदलीय व्यवस्था आएपछिका हरेक निर्वाचनमा सरदर ५ प्रतिशत मत बदर हुने गरेको निर्वाचन आयोगको तथ्याड्ढले देखाउँछ ।
निर्वाचनमा जनताको उत्साहजनक सहभागिता अपरिहार्य छ । जननिर्वाचित सरकार गठन गर्ने प्रक्रियाको रुपमा चुनावलाई लिइन्छ । बढीभन्दा बढी जनसहभागितामा निर्वाचन सम्पन्न गर्न सरकारले निर्वाचन आयोग, स्थानीय तथा संघीय सरकारले गर्नुपर्ने समन्वयात्मक भूमिका निर्वाह गर्नु पर्दछ । निष्पक्ष र भयरहित तरिकाले निर्वाचन सम्पन्न गरौं । मतदाता नामावलीमा नाम भएका मतदाताले अनिवार्य रुपमा निर्वाचन प्रक्रियामा सहभागिता जनऔं ।

यसमा तपाइको मत

Your email address will not be published.


*