जिल्ला बचत सहकारीको कारोबार ९१ करोड

साझाकुरा
२०७९ मंसिर ११, आईतवार १३:४३

हेटौंडा-जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले गत आव २०७८÷०७९ मा ९१ करोड ८२ लाख ६० हजार बराबरको कारोबार गरेको छ । संघको शनिबार भएको १७ औं वार्षिक साधारणसभामा गत आव २०७८÷०७९ मा ९१ करोड ८२ लाख ६० हजार बराबरको कारोबार भएको जनाइएको हो । संघका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षता तथा प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा शनिबार साधारणसभा भएको थियो ।

४ करोड ४० लाख १५ हजार शेयर पुजी रहेको संघले शेयर सदस्य संस्थालाई ३९ करोड ३४ लाख ३५ हजार ६१३ रुपैयाँ कर्जा लगानी गरेको छ । संघको बचत निक्षेप ७६ करोड ११ लाख ३६ हजार ६७८ रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ करोड ४४ लाख ९ हजार ९८९ रहेको संघका व्यवस्थापक सुमित्रा कुमारी वाईवाले बताइन् । सभाको अवसरमा संघले विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरेको छ । संघले सहकारी अभियानकर्मी भनी महिला तर्फ श्रमजिवी महिला साकोसका पुर्व अध्यक्ष एंव इन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष उमा लामा, पुरुषतर्फ अशोक बाटिका साकोसका पुर्व अध्यक्ष जयप्रकाश घिमिरेलाई नगद सहित सम्मान गरेको थियो ।

त्यस्तै, उत्कृष्ट सहकारी कर्मचारी महिलातर्फ महिला कल्याण साकोसका व्यवस्थापक मेनुका कुमारी न्यौपाने, पुरुषतर्फ मनहरी साकोसका व्यवस्थापक हरि पाठकलाई नगद सहित सम्मान गरिएको छ । संघले नियमित दैनिक कारोबार गर्ने गणपति बाबा साकोस, साकोस एकीकरण गर्ने श्रमिक र सुरक्षित साको, मनहरी र दर्पण महिला साकोसलाई सम्मान गरिएको थियो । यसैगरी समग्रमा संघमा सर्वाधिक बचत जम्मा गर्ने हेटौंडा साकोस, सर्वाधिक ऋण परिचालन गर्ने महिला सेवा साकोस र सर्वाधिक शेयर खरिद गर्ने श्रमिक सुरक्षित साकोसलाई सम्मान गरिएको थियो ।

नगर÷गाउँपालिकातर्फ सर्वाधिक बचत गर्ने जागरण साकोस, सर्वाधिक ऋण परिचालन गर्ने बज्रबाराही साकोस, सर्वाधिक शेयर खरिद गर्ने महिला जनजाग्रती साकोसलाई सम्मान गरिएको छ । त्यस्तै महिला साकोसतर्फ बचत जम्मा गर्ने महिला जनशक्ति साकोस, ऋण परिचालन गर्ने शुभकामना महिला साकोस, शेयर खरिद गर्ने सृजना महिला साकोसलाई सम्मान गरिएको हो । संघले सर्वोत्कृष्ट महिला साकोसमा हेटौंडा १३ मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्था र मिश्रित साकोसमा हेटौंडा २ को नमुनाप्रगति साकोस पुरस्कृत भएको छ ।

सभामा संघका अध्यक्ष श्रेष्ठले संघले गरेको गतिविधि प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने संघको प्रस्ताविक कार्यक्रम तथा योजनाहरु सचिव विरेन्द्र प्रसाद ढुंगानाले प्रस्तुत गरेका थिए । संघका कोषाध्यक्ष विष्णुमाया लामाले आगामी अनुमानित प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् । सभामा मनहरी गाउँ पालिकाका उपाध्यक्ष सीता पुलामी, भीमफेदी गाउँपालिकाका पुर्व उपाध्यक्ष पार्वती राना, बचत तथा ऋण सहकारी संघ बागमती प्रदेशका उपाध्यक्ष राधा सिन्तान, हेटौंडा उपमहानगरका शाखा अधिकृत सुस्मिता महत, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने,
राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, ग्रामिण महिला सेवा केन्द्रका उपाध्यक्ष लक्ष्मी मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*