विश्व एड्स दिवस, सबै सुरक्षित रहौं

साझाकुरा
२०७९ मंसिर १५, बिहीबार १०:४४

एड्सको महामारीलाई अन्त्य हुन नदिने असमानताहरूलाई अन्त्य गर्न जरुरी छ । र, ती असमानताहरूलाई सामना गर्न सक्छौँ भन्ने विश्वास हामी सबैमा आवश्यक छ । यो विश्व एड्स दिवस, १ डिसेम्बरमा यूएनएड्सले हामी सबैलाई असमानताहरूलाई सम्बोधन गर्दै एड्सलाई रोक्न आग्रह गरेको छ । यसवर्षको नारा नै ‘इक्वालाइज’ हो । जसको अर्थ नै समानताको स्थापना भन्ने लाग्दछ । विश्व एड्स दिवसले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजनन अधिकार एवम् प्रजनन स्वास्थ्यका कुराहरू खुलेर गर्न आव्हान् गर्दछ । रातो रिबन राखिएको विभिन्न ब्यानरहरू, चिन्हहरू अनि प्रबद्र्धधनात्मक साम्रगीहरु बोकेर विभिन्न ¥याली, भेला, गोष्ठीहरू आयोजना गर्दै एचआइभी एड्सका बारेमा जनचेतना फैलाइन्छ ।
एचआइभी र एड्स दुइटा भिन्न कुराहरू हुन्, एचआइभी एउटा भाइरस हो जसको कारणले एड्सको अवस्थामा पु¥याउँदछ ।

एचआइभीलाई अहिले संसार भरिनै एउटा रोगभन्दा पनि संक्रमणका रूपमा हेरिन्छ । हरेक एचआइभी संक्रमितहरू एड्स लागेका होइनन् । आजभोलि विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने ओखतिको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआइभी संक्रमितहरू अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेकाछन् । एचआइभी संक्रमितसँग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआइभी सर्छ भन्ने गफ केवल भ्रम हो । संक्रमित रक्तदान अथवा ग्रहण गरिएमा, संक्रमितले प्रयोग गरेको सुई जन्य छाला छेड्ने औजार प्रयोग गरेमा र संक्रमित आमाबाट जन्मने बच्चाहरूमा मात्र यसको संंक्रमण सम्भावना रहन्छ ।

नेपालमा एचआइभीको प्रथम संक्रमण सन् १९८८ मा देखिएको हो । एक त यौनजन्य क्रियाकलापका लागि अत्यन्त संकुचित समाज अनि असुरक्षित यौनजन्य क्रियाललापहरुका कारणले हुने संक्रमण भएकाले नेपालमा एचआइभी संक्रमितहरू धेरै समयसम्म लुकेर बस्थे तर उपचारात्मक अनि परामर्शात्मक सुविधातर्फ जाने गर्दैनथे । यौनजन्य संक्रमणबाट सबै सुरक्षित रहौँ ।

यसमा तपाइको मत

Your email address will not be published.


*