हेटौंडा लेडी जेसीज अध्यक्षमा घर्ती
हेटौंडा- जेसीआई हेटौडा लेडी वर्ष २०२३ को नयाँ नेतृत्व चयनका लागि शनिबार भएको साधारणसभाबाट डिलमाया घर्ती ‘दिलु’ अध्यक्ष पदमा निर्बिरोध चयन भएकी छन् । साधारण सभाबाट कार्यकारिणी उपाध्यक्षद्वयमा शिखा भट्टराई शर्मा र अस्मिता न्यौपाने तथा उपाध्क्षहरुमा नम्रता श्रेष्ठ, कुसु पण्डित, पूजा बस्नेत र अलिशा न्यौपाने चयन भएको जेसीजले जनाएको छ ।







