६ जना व्यक्तित्वलाई भीम विरागले पुरस्कृत गर्ने

साझाकुरा
२०७९ पुष ७, बिहीबार ११:५२

हेटौंडा-भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले विभिन्न क्षेत्रका ६ जना व्यक्तित्वलाई पुरस्कृत गर्ने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले विभिन्न क्षेत्रका ६ जना व्यक्तित्वलाई पुरस्कृत गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा पुरस्कृत हुने व्यक्तिको सूची सार्वजनिक समेत गरिएको छ ।

प्रतिष्ठानका महासचिव केशवलाल श्रेष्ठले शनिबार एक समारोहकाबीच पुरस्कृत गरिने जानकारी दिए । प्रतिष्ठानले तुलसीमाया शिवकुमारी सिर्जनशील नारी पुरस्कारबाट साहित्यकार भावना सापकोटालाई पुरस्कृत गर्ने भएको छ । आँचल साहित्य कला पुञ्जकी अध्यक्ष समेत रहेकी सापकोटालाई १० हजार रुपैयाँ राशि सहित पुरस्कृत गरिने भएको हो ।

विजय बानियाँ स्मृति लोक संगीत पुरस्कारबाट गायक रविन्द्रकुमार चेपाङलाई पुरस्कृत गरिने भएको छ । चेपाङलाई २० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिने छ । चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट काठमाडौंका साहित्यकार बासुदेव गुरागाईँलाई पुरस्कृत गरिने भएको छ । गुरागाईँलाई १५ हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिने बताइएको छ ।

भीम–मथुरा बाल प्रतिभा पुरस्कारबाट हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी छात्रा सुविज्ञा सुवेदीलाई पुरस्कृत गरिने भएको छ । बालसाहित्यमा सक्रिय सुवेदीलाई ७ हजार ५ सय रुपैयाँ राशीसहित पुरस्कृत गरिन लागेको हो ।यसैगरी मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कारबाट स्वास्थ्यकर्मी बेला वैद्यलाई पुरस्कृत गरिने महासचिव श्रेष्ठले जानकारी दिए ।

उनलाई १० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिन लागिएको छ । अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कारबाट हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविमा कार्यरत दृष्टिविहिन शिक्षक विदुर अधिकारीलाई पुरस्कृत गरिने भएको छ । दृष्टिविहिन विद्यार्थीलाई नै पढाउँदै आउनुभएका अधिकारीलाई १० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिने बताइएको छ । प्रतिष्ठानले स्थापनाकालदेखि नै साहित्य, संगीत, सँस्कृति र कलाका क्षेत्रमा १२ वटा पुरस्कारको व्यवस्थापन गर्दै आएको छ ।

यस्तै दोस्रो चरणको ६ वटा पुरस्कार आगामी माघ महिनामा दिइने बताइएको छ । प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य, निवर्तमान अध्यक्ष उज्ज्वल शर्मा भण्डारी, उपाध्यक्ष विष्णुगोपाल महर्जन, सहयोगी मुक्तिगोविन्द वैद्यको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*