चक्कु प्रहार गरेर बेपत्ता भएका दुईजना पक्राउ

साझाकुरा
२०७९ पुष १२, मंगलवार ११:५८

हेटौंडा- मकवानपुर प्रहरीले प्रहरीकै सामुन्ने चक्कु प्रहार गरेर बेपत्ता भएका दुईजनालाई पक्राउ गरेको छ । गत मंसिर २६ गते प्रहरीकै सामुन्ने चक्कु प्रहार गरेर बेपत्ता भएका दुईजनालाई मकवानपुर प्रहरीले दुई हप्तापछि पक्राउ गरेको हो । बागमती प्रदेशको राजधानी हेटौंडाको वडानम्बर २ आर्थिक मन्त्रालयको गेटमा प्रहरीकै सामुन्ने सामान्य आपसी भनाभनपछि चुक्कु प्रहार गरि बेपत्ता रहेका हेटौडाका अशिम बर्तौला र हेमन्त थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदेश३–०१–०२३ च ६१५३ नं.को निशान गाडिमा सवार हेटौंडा ६ कमाने बस्ने ३० बर्षिय अशिम बर्तौला र हेटौंडा ५ सानोपोखरा बस्ने २५ बर्षिय हेमन्त थापा मगरले हेटौंडा २ सिचाई टोल बस्ने वर्ष ३० बर्षको डानियल न्यौपानेलाई कोखामा चक्कु प्रहार गरी घाईते गराई फरार रहेका थिए ।घाईतेलाई उपचारको लागि हेटौंडाको सहकारी अस्पताल पठाएकोमा अवस्था गम्भिर भएकोले २८ गते चितवन स्थित भरतपुर मेडिकल कलेज लगिएको थियो । चक्कु प्रहार गर्ने बर्तौला र थापा मगरलाई ज्यान मार्ने कसुरमा मुद्धा दर्ता भएको छ र हाल प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता टेक बहादुर कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*