मारवाडी युवाद्वारा खाद्यान्न वितरण

हेटौंडा-मारवाडी युवा मञ्च हेटौंडाले हाम्रो घर संस्थामा खाना खुवाउनुको साथै खाद्यान्न वितरण गरेको छ । नेपाल राष्ट्रिय मारवाडी युवा दिवसको सन्दर्भमा मञ्च हाम्रो घर संस्थामा खाना खुवाउनुको साथै खाद्यान्न वितरण गरेको हो । मंगलबार एक कार्यक्रमबीच हेटौंडा–५ मा रहेको हाम्रो घर संस्थाका आश्रितहरु चामल, चिउरा, तरकारी, विस्कुटलगायत खाद्यान्न सहयोग गरिएको हो ।मारवाडी युवा मञ्च हेटौंडाका अध्यक्ष एवम् नेपाल
मारवाडी युवा संगठनका क्षेत्रीय सभापति चिराग अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा मारवाडी युवा मञ्च हेटौंडाका निवर्तमान अध्यक्ष एवम् केन्द्रीय सदस्य राहुल जालान, पूर्वअध्यक्ष अजय अग्रवाल, युवा मञ्च हेटौंडाका सल्लाहकार राजेश अग्रवाल, हाम्रो घर बालगृहका अध्यक्ष इन्दिरा डल्लाकोटी, मारवाडी एशोसिएसनका अध्यक्ष पवन अग्रवाल, सल्लाहकार दीपचन्द अग्रवाललगायतको आतिथ्यता थियो ।
मारवाडी युवा मञ्च अध्यक्ष चिराग अग्रवालले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने बताए । हेटौंडा उपमहानगरपालिकाका उपमेयर बानियाँले सहयोगापेक्षी व्यक्तिहरुलाई आश्रय दिँदै आएको संघसंस्थालाई आवश्यक सहयोगका लागि उपमहानगरपालिका तयार रहेको बताए । सुन्दर, शान्त र सफा हेटौंडा उपमहानगरपालिका बनाउने अभियानमा साथ दिन उनले सबैलाई अनुरोध गरे ।