माछा मार्दा करेन्ट लागेर एक जनाको मृत्य

माछा मार्नै क्रममा करेन्ट लागेर हेटौडामा एक जनाको मृत्यु भएको छ। आइतबार राति ९ :३० बजे हेटौडा –१७ कर्रा खोलामा माछा मार्नै क्रममा गुरौखोला बस्ने १८ बषीय अमृत तामाङको मृत्यु भएको हो। करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि हेटौडा अस्पताल ल्याएको थियो । उनको उपचारको क्रममा गए राति मृत्यु भएको घोषणा गरेको हो। शव अस्पतालमै रहेको र घट्नाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।