हेटौंडामा २४ कुण्डीय गायत्री महायज्ञ हुने

हेटौंडा- शुक्रबारबाट हेटौंडामा ४ दिनसम्म २४ कुण्डीय गायत्री महायज्ञ हुने भएको छ । गायत्री चेतना केन्द्रको आयोजनामा हेटौंडा–भैरबरोडमा २४ कुण्डीय गायत्री महायज्ञ हुने भएको हो । भारतको शान्तिकुञ्ज हरिद्वारबाट वेदपाठी ब्राम्हणहरु आई महायज्ञ सञ्चालन हुने मूल महायज्ञ समितिका संयोजक मधु जैनले जानकारी दिए ।
माघे संक्रान्तिको अवसरमा एक आध्यात्मिक र वैज्ञानिक प्रयोग गरी गायत्री महायज्ञमा चरु दिव्य जडिबुटी तथा वेद मन्त्र शान्तिको अद्भूत ध्वनीबाट सञ्चालन हुने संयोजक जैनले बताए ।महायज्ञमा निःशुल्क गर्भधारण संस्कार, नामाकरण, मुण्डन, अन्नप्रासन, विद्यारम्भ, गर्भवती महिलाहरुको लागि पुंस्वन, जनेऊ, गोदभराई, दीक्षान्त, ब्रतबन्ध, विवाह, जन्मोत्वसलगायत कार्यक्रमहरु समेत रहेको आयोजकले जनाएको छ ।
महायज्ञ सफल पार्न विभिन्न समितिहरु समेत बनेको छ ।
जसमा मूल संयोजक मधु जैन, कलश यात्रा समिति संयोजक सखन चचानी, मञ्च सञ्चालन समिति कविता अग्रवाल, प्रचारप्रसार समितिमा राजाराम बर्मा र नीलम पाण्डे, यज्ञशाला समितिमा राजकुमारी गुप्ता र रञ्जु मल्लिक, दीपयज्ञ समितिमा नीलम गुप्ता, मीरा अग्रवाल र उषा कर्ण छन् । त्यस्तै, भोजनालय समितिमा ईन्दु कंसाकार, वचिया रौनियार र नीलम जालान छन् । महायज्ञ माघ २ गतेसम्म संचालन हुनेछ ।