सुन्दर बचतको अध्यक्षमा पुनः नकर्मी

हेटौंडा-सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडाको अध्यक्षमा पुनः शम्भु नकर्मी चयन भएका छन् । संस्थाको शनिबार भएको १४ औं साधारणसभाबाट नकर्मी सर्वसम्मत रुपमा पुनः अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा गोपालबहादुर थापा, सचिव सविन न्यौपाने, कोषाध्यक्ष दीपक देवकोटा तथा सदस्यहरुमा अर्जनु डंगोल, इन्द्रमोक्तान, प्रमिला सुवेदी, निर्मला सुवेदी, कुमार अधिकारी तथा विश्वनाथ ढकाल चयन भएका छन् ।
भेलाले ऋण समिति संयोजकमा पशुपति रिजाल र बुद्धिप्रसाद पौडेल तथा लेखा समितिमा एसीस रिजाल, सुनिता नकर्मी र शैलेन्द्र देवकोटालाई चयन गरेको छ । नकर्मीको अध्यक्षतामा भएको भेलामा सहकारी बोर्ड वाग्मती प्रदेश उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा जिल्ला समन्वय समिति सदस्य तारा ढुंगाना, हेटौंडा–२ अध्यक्ष विष्णुगोपाल महर्जन तथा ओम वृद्धाश्रम अध्यक्ष सिद्धीलाल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।