मकवानपुरगढीमा स्ल्याब ढलान शिलान्यास
हेटौंडा-मकवानपुरगढी गाउँपालिकामा ६ नम्बर वडाको भालुखोला–ठूलोसल्ले सडकमा स्ल्याब ढलान सुरु गरिएको छ ।नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले मकवानपुरगढी गाउँपालिका–६ स्थित भालुखोलाबाट ठूलोसल्ले जाने करिव १२ सय मिटर स्ल्याव ढलानको शिलान्यास गरेका छन् ।
मकवानपुरगढी गाउँपालिका–६ का वडाअध्यक्ष कृष्णप्रसाद बजगाईको सभाध्यक्षता एवं नेता बानियाँको प्रमुख आतिथ्यतामा शनिवार ठूलोसल्लेमा सडक शिलान्यास कार्यक्रम भएको हो । शिलान्यास कार्यक्रममा बोल्दै नेता बानियाँले संघीयताले गाउँ–गाउँमा विकास निर्माण र जनतालाई उत्पादनमुखी कार्यमा लाग्न प्रेरित
गरेको बताउँदै प्रदेश सरकारबाट वडाको विकासनिर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान, कांग्रेस नेता यतिराज सापकोटा, मकवानपुरगढी–५ का वडाअध्यक्ष दिपेश दाहाल, कांग्रेस मकवानपुरगढी गाउँपालिका–६ का वडासभापति केदारनाथ चौलागाई, निर्माण व्यवसायी मनोहर घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका छन् । मकवानपुरगढी–६ भालुखोलाबाट ठूलोसल्लेसम्म नेता बानियाँको विशेष पहलमा करिव १२ सय मिटर स्ल्याब सडक बागमती प्रदेश सरकारको ५० लाख समपुरक अनुदान र गाउँपालिकाको ५० लाख गरी एक करोडबाट काम सुरु गरिएको हो ।







