इक्यान निर्वाचनमा शेषराज भट्टराईको समुहबाट वेस्टर्न एजुकेशनका संचालक लुइटेलको उम्मेदवारी

साझाकुरा
२०८० असार २६, मंगलवार १४:४९

हेटौडा–असार ३० गते हुने इक्यान निर्वाचनमा शेषराज भट्टराईको समुहबाट वेस्टर्न एजुकेशनका संचालक रमेश लुइटेलले उम्मेदवारी दिने भएका हुन्। विगत १५ बर्ष देखि शैक्षिक क्षेत्रमा निरन्तर काम गर्दै आएका लुइंटेल अब व्यवसायिक सफलता संगै सांगठानिक र क्षेत्रगत उन्नतिको लागि निर्वाचनमा होमिन लागेको उनले बताए।

विगत ७ वर्ष देखि डिल्लीबजार ओरालोमा वेस्टर्न एजुकेशन सर्भिसेज संचालन गर्दै आइरहेका लुइंटेलले संस्थाको विकास र व्यवसायीहरुको हकहितका निम्ति सदैव लागि पर्ने बाचा सहित र अध्यक्षका सम्पूर्ण एजेन्डाहरुलाई पुरा गर्ने संकल्प सहित निर्वाचनमा होमिएको पनि उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*