हेटौंडामा मनाइयो समयबजी

साझाकुरा
२०८० आश्विन १२, शुक्रबार ०९:२२

हेटौंडा- नेवा सांस्कृतिक पुचः हेटौंडाले भीमसेन मन्दिरमा बिहीबार साँझ समयबजी कार्यक्रम आयोजना गरेको छ । पुचका अध्यक्ष सुनकुमार मानन्धरको सभाध्यक्षतामा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा समयबजीको उद्घाटन गरिएको हो । नेवार समुदाय संस्कृतिको धनी समुदाय भएकोले नेवारी संस्कृतिको संरक्षण गर्न नगरपालिकाले बिशेष कार्यक्रम संचालन गर्ने नगरप्रमुख लामाले बताइन् ।

नगरप्रमुख लामाले नेवारी संस्कृति र परम्पराको जगेर्ना गर्ने बिषयमा आफूले काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलसँग समन्वय गरिरहेको पनि जानकारी गराइन् । नेवार जातिको संस्कृतिले नेपाललाई संसारभर चिनाएको पनि लामाले उल्लेख गरिन् ।

कार्यक्रममा नेवा सांस्कृतिक पुचः मकवानपुरका संस्थापक अध्यक्ष बिन्दुगोपाल गोर्खाली, नेपाली कांग्रेसका नेता अशोक शाक्य, भवसागर श्रेष्ठ, होटल एसोसियसनका पूर्वअध्यक्ष शंकरलाल श्रेष्ठ, पुचःका सल्लाहकार अधिवक्ता ललिता श्रेष्ठ, योगेश्वर श्रेष्ठ, मोहनमान सांगामीलगायतको सहभागिता रहेको थियो । नेवारी परम्परालाई निरन्तरता दिने कार्यमा आफूहरु लागेको पुचःका महासचिव नारायण राजथलाले बताए ।नेपालका बिभिन्न चाडपर्ब मनाउने गरिन्छ ।

सामाजिक, राजनीतिक, एतिहासिक र भौगोलिक हिसावले पनि महत्वपूर्ण पर्बजात्र मध्ये ईन्द्रजात्रा पनि एक हो । उपत्यकावासी सम्पूर्ण नेवारहरुले मनाउने यो चाड हेटौंडाबासी नेवार समुदायले पनि मनाएका हुन् । वर्षा र सहकालका देवता इन्द्रको पूजा एवं सम्झनामा मनाइने यो पर्वमा नेवारी खानामा निकै लोकप्रिय समयबजी खाने गरिन्छ । समयबजीमा ३२ प्रकारका परिकार हुन्छन् । यसदिन उपत्यकाका विभिन्न स्थानमा समयबजी धुमधामका साथ मनाइन्छ ।

समयबजी खानाले शरीमा तापक्रम बढाई ऊर्जा दिइने जनाइएको छ । यसले आउँदो वर्षलाई ऊर्जा दिने विश्वास गरिन्छ । विगतका कटुता बिर्सिएर मेलमिलाप बढाउने हुने मान्यता रहेको यो पूजा एक हजार वर्षदेखि चल्दै आएको मानिन्छ । ईन्द्रजात्राको दिन समयबजी खानाले शरीर स्वस्थ्य रहने, रोग नलाग्ने जनविश्वास रही आएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*