हेटौंडामा मनाइयो रेबिजबिरुद्धको अन्तराष्ट्रिय दिवस
हेटौंडा- रेविज एक स्वास्थ्य एक गन्तव्य भन्ने नाराकासाथ मकवानपुरमा १७ औ विश्व रेविज दिवस मनाइएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र हेटौंडाको आयोजनामा हेटौंडा उपमाहनगरपालिका वडा नं ८ मिलनचोकमा १७ औ विश्व रेविज दिवस मनाइएको हो । भेटेरीनरी अस्पतालका प्रमुख डा. बज्रकिशोर ठाकुरकोे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिको प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख लामाले रेविज तपाईं–हामीले पालेको जनावरबाटै सर्ने रोग भएकोले यसबाट जोगिन सुझाव दिइन् । विशेषगरी घरपालुवा कुकुरलाई समयमैं रेविजविरुद्धको खोप लगाइदिन जरुरी रहेको उनले बताइन् । रेबिजबिरुद्धको खोप लगाइसकेको भए अन्य संक्रमित जनावरसँग सम्पर्क र संसर्ग नहोस भन्ने कुरामा विशेष सचेतना हुनु आवश्यक रहेको मेयर लामाले बताइन् । रेबिज संक्रमणको जोखिममा हामी जो कोही पर्न सक्छौं, तसर्थ ध्यान पु¥याउन जरुरी रहेको उनले बताइन् ।
कार्यक्रममा ५६ वटा कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको पशुसेवा विभागका डा. विमोचन पौडेलले जानकारी दिए । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रलाई पशुसेवा केन्द्रबाट एक हजार डोज भ्याक्सिन उपलब्धगराइएको थियो । यसै गरी पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयबाट २५० डोज भ्याक्सिन उपलब्ध गराइएको थियो । सप्ताहव्यापी चल्ने कार्यक्रममा सवै स्थानीय तहलाई भ्याक्सिन उपलब्ध गराइने बताइएको छ । थाहा नगरपालिका, मनहरी, गढी, बागमती र इन्द्रसरोवर गाउँपालिकाले भ्याक्सिन लगिसकेको र बाँकी स्थानीय तहले पनि लैजाने डा. पौडेलले बताए ।
कार्यक्रममा अध्यक्ष डा ठाकुरले रेबिजको बारेमा सवैलाई थाहा भएको हुनाले र रेविज मानवसभ्यतासँगै धेरै अगाडिदेखि देखिएको बताए ।
रेविज लागेको कुकरले मान्छेलाई टोकेमा या कुकुरले अन्य जनावरलाई टोकेमा ति जनावरसँगको सम्पर्कमा आएका मानिसमा रेविज लाग्दछ । रेविज लागेको जनावरको ¥यालवाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्साविज्ञानलाई चुनौती दिएको डा. ठाकुरले बताए । अहिले आएर आधुनिक चिकित्सापद्धती अनि भ्याक्सिन अर्थात् प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर यस्तो जनावरले टोकिसकेछि पनि औषधिको मात्रा पुरा गरेर रेविजलाई समयमै निको पार्न सकिने उनले बताए ।ढिला भएमा र भाइरसले अधिक प्रभाव पारेमा भने रेविज प्राणघातक बन्न सक्ने उनले बताए । कार्यक्रममा हेटौडा उपमहानगरपालिकाको वडा नं ८ का वडाअध्यक्ष राम थापा, भेटेरीनरी अस्पतालतथा विज्ञकेन्द्रका कर्मचारीको सहभागिता रहेको थियो ।







