जन्मशताव्दी वर्षबाट पौडेल सम्मानित

साझाकुरा
२०८० आश्विन १३, शनिबार १२:११

हेटौंडा-सहयोगी मन नेपालले पाँचौं वार्षिकोत्सवको अवसरमा टीकादत्त पौडेललाई सम्मान गरेको छ । सहयोगी मन नेपाल चौथो वर्ष पुरा गरी पाचौं वर्ष प्रवेशको अवसरमा जन्मशताब्दी वर्ष सम्मानबाट हेटौंडा–६ निवासी ९९ वर्र्षीय पौडेललाई सम्मानित गरेको हो ।सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईंकोको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न स्थापना दिवसको शुभकामना आदानप्रदान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१६ का वडाअध्यक्ष रामकृष्ण कोइराला, ६ नम्बर वडासदस्य विजय पौडेल, सशस्त्र प्रहरी गण १४ नम्बर हेडक्वाटरका प्रमुख अनिल कार्र्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख नरहरि घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

सामाजिक कार्यमा निरन्तर अग्रसर सहयोगी मन नेपाले स्थापना दिवसको अवसरमा हेटौंडा–१६ मा रहेको जनप्रिय मावि (प्राविधिक शिक्षालय) मा ६ हजार बराबरको छात्रवृत्ति रकम सहयोगसमेत गरेको छ । गरिब तथा विपन्न परिवारको विद्यार्र्थीको पढाइमा थोरै सहयोग पुगोस् भन्ने उद्देश्यले विगत ३ वर्षदेखि संस्थाले जनप्रियलाई सहयोग गर्दै आइरहेको अध्यक्ष चौलागाईंले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*