ठूलोथलीको एक घरमा आगलागी, धनमाल नष्ट
हेटौंडा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ ठूलोथलीमा बुधबार साँझ एक घरमा आगलागी भएको छ ।स्थानीय सन्तेबहादुर बज्युको पक्की वाल भएको भुईतल्ले भान्साघरमा आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । डिएसपी भण्डारीका अनुसार, बुधबार साँझ सवा ७ बजेको समयमा सिलिण्डर ग्यास लिक भई अचानक आगलागी भएको हो । आगलागीबाट घर पूर्णरुपमा क्षति हुनुका साथै अन्नपात, भाडाकुँडा, सोलार, नगद, गरगहना जलेर नष्ट हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायवउपरीक्षक भण्डारीले बताए ।







