मयुरधाप औद्योगिक क्षेत्र पुग्ने बाटोमा स्ल्याब ढलान

साझाकुरा
२०८० आश्विन १७, बुधबार १०:१३

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१४, स्थित प्रस्ताबित मयुरधाप औद्योगिक क्षेत्र जाने बाटोको स्ल्याब ढलान सुरु भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले ढलानको सिलान्यास गरेकी हुन् ।हेटौंडा उपमहानगरपालिका कार्यालय तथा स्थानीय उपभोक्ताको आर्थिक एवम् जनश्रमदानमा करिब दुई सय ५६ मिटर लम्बाई र ६ मिटर चौडाईको स्ल्याब ढलान गरिएको हो ।

उपमहानगरपालिकाका तर्फबाट स्ल्याब ढलान कार्यका लागि २० लाख, उपभोक्ताबाट २ लाख ४५ हजार ४ सय ४८ र जनश्रमदान गरी २४ लाख ९४ हजार ४ सय ८१ लागतमा स्ल्याब ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष ईमानसिंह मोक्तानले जानकारी दिए ।हेटौंडा उपमहानगरपालिका–१४ स्थित मयुरधाप औद्योगिक क्षेत्र जाने बाटोमा स्ल्याब ढलान कार्यपछि त्यहाँका मानिसलाई अब वर्षायामका बेलामा हिलोका कारण हिड्न समस्या नहुने वडाअध्यक्ष दीपक खड्काले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*