दसैंको टीकाको साइत बिहान ११ः०२ बजे

साझाकुरा
२०८० आश्विन १७, बुधबार १०:२६

हेटौंडा-नेपाल पञ्चाङ निर्णायक विकास समितिले यस वर्षको बिजयादसमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले मंगलबार यस वर्षको दसैंको टीकाको साइत सार्वजनिक गरेको हो ।समितिका अनुसार दसैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ । यस्तै यस वर्षको दसैंको सुरुवात असोज २८ गते आइतबार हुनेछ । समितिका अनुसार घटस्थापनाको साइत बिहान ११ः२९ बजे रहेको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र रवैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*