हेटौंडा साकोसको साधारणसभा, विद्यार्थीदेखि दम्पतिसम्मलाई सम्मान
हेटौंडा-हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा शनिबार भएको छ । सहकारीका अध्यक्ष इन्द्रबहादुर बस्नेतको सभाध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।सहकारीले सभाको अवसरमा विभिन्न विधामा सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको छ । सहकारीले पत्रकारतर्फ गोकुल अधिकारी, मासिक बचततर्फ रामशोभा ढुंगाना, विष्णुदेवी थिङ, मेनुका सुवेदी, असल ऋणीतर्फ विमला थोकर, अच्युता पाण्डे, शिवबहादुर खत्री, बालबचत तर्फ आरभ राय, रीतिका खतिवडा, आरुश बराल, ऐच्छिक बचततर्फ रमेश कार्की, दैनिक बचततर्फ सीतादेवी रोक्का, लक्ष्मी गौतम, कैलाश न्यौपाने, आवधिक बचततर्फ अर्जुन अधिकारी, तोरणकुमारी सुवेदी पेन्सन बचततर्फ कमला दाहाललाई पुरस्कृत गरिएको हो ।
त्यस्तै, जेष्ठ शेयरसदस्य बचततर्फ हीरालाल पाख्रिन, सामाजिक व्यक्तित्व श्यामकल श्रेष्ठ, संरक्षित पुँजी फिर्ताकोषतर्फ राधिका दाहाल, उत्कृष्ट कर्मचारी कमाने सदस्य सेवाकेन्द्रका प्रमुख श्यामकुमार दाहाललाई सम्मानित गरिएको थियो । सभामा एसईइमा उत्कृष्ट अंक ल्याउने १५ जना विद्यार्थीलाईपुरस्कृत गरिनुका साथै एकैपटक सदस्य बनेका ३७ जोडी दम्पतीलाई समेत पुरस्कृत गरिएको थियो ।सहकारीले आफ्ना सदस्यलाई आव २०७९÷८० मा ५७ करोड ९ लाख ३० हजार १६७ रुपैयाँ कर्जा लगानी गरेको छ भने संस्थामा ४८ करोड ९३ लाख ८५ हजार ३८८ रुपैयाँ बचत निक्षेप रहेको संस्थाका प्रवन्धक रामशरण गौतमले बताए । ४ करोड २३ लाख ६७ हजार २ सय पुजीँ रहेको संस्थामा तीन करोड ८ लाख ७० हजार ६८२ रुपैयाँ जगेडा कोषरहेको गौतमले बताए ।
सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीनाकुमारी चौरेल, वडा ७ का निवर्तमान अध्यक्ष राजन थापा, राष्ट्रिय सहकारी बैंकका सहायक प्रवन्धक वेदप्रसाद तिमल्सिना, सर्वोत्तम संचिति साकोसका अध्यक्ष रामबहादुर बस्नेत, साइराम साकोसका अध्यक्ष राजेन्द्र पौडेल, संजीवनी साकोसका अध्यक्ष जानकी चौधरी, सृजना साकोसका अध्यक्ष ध्रुवप्रसाद अर्याल, जनकल्याण साकोसका उपाध्यक्ष श्यामप्रसाद भट्टराई, नवज्योति माविका अध्यक्ष कृष्ण थापामगरलगायत विभिन्नटोल विकास, सामूदायिक वन, विद्यालयका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।







