भीमफेदीका अपाङ्गता भएकालाई घरमै नागरिकता
हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिकाका २ जना अपा·ता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । भीमफेदी गाउँपालिकाको १ जना जन्मजात पूर्ण शारीरिक अपा·ता भएका र १ जना मानसिक अपा·ता भएकालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले घरमै नागरिकता प्रदान गरेको हो । नागरिकता प्राप्त गर्नेमा भीमफेदी गाउँपालिका–८ इपाका बिर्खबहादुर थिङको २० वर्षीया
छोरी सुनिता थिङ र १६ वर्षीय छोरा सुरेन्द्र थिङ रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेल, नायवसुब्बा सहदेब आचार्य र अस्विनीकुमार अर्यालको टोलीले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । थिङ दिदीभाइलाई बस्न र खाना खानको लागि समेत अरुको सहारा चाहिने र हिँडडुल गर्न नसक्ने भएकोले बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानको पहल तथा गाउँपालिकाले प्रशासन कार्यालयसँग समन्वय गरी नागरिकता घरमै हस्तान्तरण गरिएको भीमफेदी–३ का वडाअध्यक्ष प्रितिलाल लामाले बताए ।
‘आर्थिकअवस्था कमजोर हुँदा लालनपालनमा समस्या छ, नागरिकता बनेपछि भने अपा·ता भत्ता पाउने आशा गरेको छु ।’, बिर्खबहादुरले भने, ‘सरकारबाट केही रकम सहयोग भए धेरै सजिलो हुने थियो ।’ आर्थिक अवस्था कमजोर रहेका बिर्खबहादुरले छोराछोरीको नागरिकता बनेपछि खुशी ब्यक्त गरे ।







