अवैध मल ढुवानी गर्ने आठवटा ट्रक नियन्त्रणमा
हेटौंडा, ७ माघ÷जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाबाट ढुवानी करछली गर्ने ८ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । हेटौडा उपमहानगरपालिका–१५ रातोमाटेबाट माघ ५ गते राति ७ वटा र माघ ६ गते बिहान एउटा ढुवानी करछली गरी मल बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । हटौंडा–१५ स्थित पूर्वपश्चिम सडक खण्डमा बीरगंजबाट भैरहवातर्फ जाँदै गरेका ना.६ ख.५२०४, बा.प्र.०३–००१ख.०९५२, ना.६ ख.३७३०, प्र.२–०३–००१ ख.६९७७, लु.१ख.९५६९, ना.६ ख.३७२५, बा.प्र.०३–००१ ख.०९५४ नम्बरको ट्रकलाई माघ ५ गते नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीका अनुसार ना.६ ख ९७८६ नम्बरको ट्रकलाई माघ ६ गते बिहान हेटौंडा–१५ रातोमाटेबाटै नियन्त्रणमा लिइएको हो ।
ट्रकहरुमा ढुवानी करछली मल ल्याउँदै छ भन्ने सूचनाका आधारमा प्रहरीचौकी रोतोमाटेबाट खटिएको प्रहरी टोलीले ट्रकहरुलाई ३ हजार ६८० बोरा मलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरीकार्यालय मकवानपुरले जनाएको छ । नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको मकवानपुर प्रहरीले जानाकारी दिएको छ ।







