सुखी भविष्य सहकारीको अध्यक्षमा प्रधान

साझाकुरा
२०८० माघ ८, सोमबार १०:५२

हेटौंडा- मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिका–३ थानाबजारमा रहेको सुखी भविष्य वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सुरेन्द्रमान प्रधानको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ ।६ माघमा विकास घरमा सम्पन्न १४ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले प्रधानको अध्यक्षता सञ्चालक समिति निर्वाचित भएको निर्वाचन अधिकृत भूमिराज अवस्थीले जानकारी दिए ।

समितिको उपाध्यक्षमा ज्ञानेन्द्र अधिकारी, सचिवमा बिक्रम केसी, कोषाध्यक्षमा बिक्रम श्रेष्ठ, सदस्यहरुमा दीपराज लामिछाने, राजेन्द्र भुजेल र दिलमाया तामाङ निर्विरोध निर्वाचित भएका छन् ।यसैगरी, लेखा सुपरीवेक्षण समितिको संयोजकमा सुजनकुमार रायमाझी, सदस्यहरुमा सूर्यबहादुर दोङ र कमलबहादुर कार्की निर्वोरोध निर्वाचित भएका हुन् । थाहा नगरपालिका सहकारी शाखाप्रमुख अस्मिता तिवारी घिमिरेको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष प्रधानको अध्यक्षमा साधारणसभा भएको हो ।

सभामा अध्यक्ष प्रधानले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे भने कोषाध्यक्ष रेशम विष्ट बैदेशिक भ्रमणमा रहेकोले सचिव विक्रम केसीले नै आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।साधारणसभाको अवसरमा साधारण बचततर्फ थाहा–४ काराम गोतामे, थाहा–२ का सन्तबहादुर पोडे, दैनिक वचततर्फ थाहा–९ का राजु श्रेष्ठ, थाहा–१ का गौरी प्रधान, उत्कृष्ट कर्जातर्फ थाहा–४ का निर्मला तामाङ, थाहा–९ का मानबहादुर स्याङ्तान र कर्मचारीतर्फ केशवकुमार प्रधान सम्मानित भए ।

यसमा तपाइको मत

Your email address will not be published.


*