शहीद दिवसको सप्ताहमा रक्तदान

साझाकुरा
२०८० माघ १४, आईतवार ११:३४

हेटौंडा-शहीद सप्ताह अन्तरगत हेटौंडा–११ शहीद स्मारकमा रक्तदान कार्यक्रमगरिएको छ । सप्ताहको चौथो दिन आयोजना गरिएको रक्तदानमा ३३ जना सहभागी भएका छन् ।
शहीद स्मारक विकास समितिले शहीद दिवस सप्ताहब्यापी कार्यक्रम गरी मनाउँदैछ । शनिबार भएको रक्तदान कार्यक्रमबाट ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा नेपाल रेडक्रस सोसाइटी ११ नम्बरका सचिव अञ्जन पौडेलले जानकारी दिए ।

शहीद सप्ताहको पहिलो दिन १० गते बुद्ध, मायादेवी, ईन्द्र तथा ब्रम्हाको प्रतिमासहितको पार्कको उद्घाटन गरिएको थियो । माघ ११ गते कृषि हस्तकला तथा पर्यटकीय वस्तुको प्रबद्र्धन मेलाको शुभारम्भ, विविध सांस्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान गरिएको छ ।यसैगरी माघ १२ गते वडास्तरीय नृत्य प्रतियोगिता भएको थियो । आइतबार माघ १४ गते वडास्तरीय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा माघ १६ गते प्रभातफेरी, शहीदप्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने शहीद स्मारक विकास समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*