५० घरपरिवारलाई कम्बल वितरण
हेटौंडा-चैनपुर जेसीज मनहरीले शनिबार कम्बल वितरण गरेको छ । मकवानपुरको पश्चिमी क्षेत्रका युवालाई समेट्दै स्थापना भएको चैनपुर जेसीजले शनिबार मनहरी गाउँपालिका–५ स्थित शिखरबासमा पुगेर ५० घरपरिवारलाई कम्बल वितरण गरेको हो ।पोषक ब्रिडर फार्म प्रालि हेटौंडा–१७, हटिया र ओसीबी पैलेट हेटौंडाको सहयोगमा जेसीजले जाडोबाट प्रभावित परिवारलाई कम्बल वितरण गरेको हो ।
जेसीज अध्यक्ष रविन ढकालका अनुसार वडाको आग्रह अनुसार स्थानीयसँग समन्वय गरी कम्बल वितरण गरिएको हो । मनहरी–५ का वडाअध्यक्ष दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको कम्बल वितरण कार्यक्रममा मकवानपुरका युवा व्यवसायी तथा उद्योग वाणिज्य संघ मकवानपुरका उपाध्यक्ष राजु अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।







