टिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा टिपरको ठक्करबाट एक युवकको ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा टिपरको ठक्करबाट मकवानपुरगढी धमिले घरभई हेटौंडा–१७ दाविले बस्ने २५ बर्षीय हरि पनेरुको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । सोमबार साँझ चौघडाबाट मकवानपुरगढीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७९०३ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई कान्तिलोकपथ सडकखण्ड अन्तर्गत गैरीगाउँमा ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट मोटरसाइकल चालक पनेरुको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा घाइते उनको श्रीमती २२ वर्षीय अर्चना ढकाल घाइते भएकोमा हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर चालक हेटौंडा–१९ नेवारपानी बस्ने ३३ वर्षीय राधाकृष्ण रेग्मीलाई मकवानपुर प्रहरीले नियन्त्रण लिएको छ ।







