गिजर प्रयोग गरी नुहाउँदा २१ वर्षीय युवकको मृत्यु

साझाकुरा
२०८० माघ १६, मंगलवार ११:५६

हेटौंडा- हेटौंडामा गिजर प्रयोग गरी नुहाउने क्रममा एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–९ लामसुरेका २१ वर्षीय युनेश काफ्लेको ग्यास गिजर प्रयोेग गरी नुहाउने क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।सोमबार दिउँसो नुहाउन गएका उनी लामो समय बाथरुमबाट ननिस्किएपछि परिवारका सदस्यले बाथरुमको ढोका फोडेका थिए । प्रहरीका अनुसार बाथरुममा ग्यास गिजर प्रयोेग गरी नुहाउने क्रममा उनी वेहोश भएको पाइएको थियो । अचेत अवस्थामा युनेशलाई उपचाचरको लागि हेटौंडाको सामुदायिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*