उपमहानगरको आज स्थापना दिवसः खेलकुददेखि र रक्तदानसम्म
हेटौंडा–हेटौंडा उपमहानगरपालिकाले आज १ फागुन, मंगलबार ५५ औं स्थापना दिवस औपचारिक कार्यक्रम गरेर मनाउँदैछ । यसअघि स्थापना दिवसकै अबसरमा खेलकुद प्रतियोगितादेखि रक्तदानसम्मका कार्यक्रम गरिएको थियो ।
दिवस मनाउनका लागि नगरप्रमुख मीनाकुमारी लामाको संयोजकत्वमा गठित मूल समारोह समिति मातहत रहेको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा फुटबल, फुटसल, वडास्तरीय सरसफाई र रक्तादान कार्यक्रम गरिएको छ । स्थापना दिवसरको अवरमा अयोजित नगरप्रमुख टिम र प्रमुख प्रशासकीय अधिकृत टिमबीच हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा नगरप्रमुख टिम ४–३ ले बिजयी भएको थियो ।
स्थापना दिवसको अवसरमा हेटौंडा–४ कमलडाडाँमा भएको महिला जनप्रतिनिधि र महिला कर्मचारीबीचको फुटसलमा कर्मचारी टोली ३–० गोल अन्तरले बिजयी भएको खेलकुद शाखाप्रमुख बसन्त सिटौंलाले बताए । दिवसरको सन्दर्भमा आयोजित जनप्रतिनिधि तथा कर्मचारीबीच हेटौंडा–४ हुप्रचौरमा भएको भलिवल प्रतियोगितामा २–१ को सेटमा कर्मचरी टिम बिजयी भएको थियो । स्थापना दिवसको अवसरमा वडामा सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ ।
वडा कार्यालय र टोलविकास समितिको समन्वयमा सरसफाई कार्यक्रम भएको सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले जानकारी दिए । पछिल्लो समय रगतको अभाब भइरहेको समयमा उपमहानगरको स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा कार्यक्रममा ३० जना सहभागी छन् । उपमहानगरको अयोजना तथा रक्तसञ्चार केन्द्रको समन्वयमा हेटौंडा उपमहानगरपालिका परिसरमा अयोजित रक्तदानमा ३० जनाले रक्तदान गरेका हुन् । अतिरिक्त क्रियाकलाप हेटौंडा–१५ का अध्यक्ष सुनिल मोक्तानको संयोजनमा भएको हो ।
स्थापना दिवसमा सम्मान
हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवस बिभिन्न सम्मान तथा प्रगति पुस्तिकाको बिमोचन सहित समापन हुने भएको छ ।
उपमहानगरक्षेत्र भित्र रहेर बिभिन्न क्षेत्रमा योगदान पुर्याएको व्यक्ति, सस्थालाई सम्मान सहित नगर प्रगति पुस्तिकाको विमोचन गरिने छ । उपमहानगरले ५५ औं स्थापाना दिवस पारेर उत्कृष्ठ कृषक, उद्यमी, खेलाडी, करदाता, शिक्षक, पत्रकार, कलाकार, कर्मचारी, सामाजिक संघसस्था, स्वास्थ्य स्वयमसेवीका, टोलविकास सस्था, बालसमूह र जग्गादातालाई सम्मान गर्ने उपमहानगपालिका समाजिक विकास महाशाखाप्रमुख तिमल्सिनाले बताए । नगर स्थापना दिवसको उद्घाटन नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भूषालले गर्ने कार्यतालिका रहेको उपमहानगरले जनाएको छ ।







