थाहामा दर्ताबिना अटो चलाए कारबाही

साझाकुरा
२०८० फाल्गुन ९, बुधबार ०८:१०

हेटौंडा–थाहा नगरपालिकाको नगरप्रहरीले नगरक्षेत्रमा दर्ता नगरी संचालन गरिरहेका अटोको चेकजाँच सुरु गरेको छ । नगरपालिकाले अटो दर्ता गर्न पटकपटक सूचना प्रकाशन तथा प्रसारण गर्दा पनि अटेर गरेर संचालन गर्ने अटोमाथि चेकजाँच सुरु गरिएको नगरप्रहरीप्रमुख किरण गिरीले जानकारी दिए ।

नगरप्रहरीले ८ फागुनमा २५ वटा अटो नियन्त्रणमा लिइ चेकजाँच गरेको जनाएको छ । नियन्त्रणमा लिएका अटोलाई दर्ता गर्न सचेत गराइएको थियो । चेकजाँचको क्रममा कतिपय अटोको ब्लुबुक समेत नवीकरण नगरी चलाइएको पाइएको थियो ।

ब्लुबुक नवीकरण नभएको अटोको दर्ता नहुने जानकारी सहित नवीकरणको निम्ति समय दिएर सचेत गराइएको नगरप्रहरीप्रमुख गिरीले जानकारी दिए । थाहानगरक्षेत्रभित्र २ सय ५० अटो संचालनमा रहेको अनुमान गरिएको भएपनि नगरपालिकामा ८१ वटा मात्र अटो दर्ता रहेको अभिलेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*