हेटौंडामा अनलाइन मार्फत गुनासो दर्ता हुने
हेटौंडा–हेटौंडा उपमहानगरपालिकाले गर्दै आएको काम कारवाहिको बिषयमा अनलाइन तथा फोन मार्फत गुनासो दर्ता गर्ने स्वचालित प्रणालि सञ्चालनमा ल्याएको छ ।
नगरवासीलाई सेवाप्रवाह, स्थानीय विकासलगायत अन्य बिषयमा परेको समस्याबारे गुनासो गर्न कार्यालयसम्म धाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै उपमहानगरले अनलाइन र फोनमार्फत गुनासो सुनुवाईको व्यवस्था मिलाएको हो । गुनासो दर्ताका लागि उपमहानगरपालिकाले सफ्टवेयर सञ्चालमा ल्याउँदै घरमै बसेर फोनमार्फत वा इन्टरनेट सेवाको मध्यमबाट गुनासाहरु टिपाउन सक्ने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरका अनुसार इन्टरनेट सेवामार्फत कार्यालय बाहेकको समयमा पनि कार्यालयको वेभसाइटमार्फत लिखित र ०५७–५९७००१ फोन मार्फत मौखिक गुनासाहरु रेकर्ड गराउँन सकिने बताइएको छ । उपमहानगरका अनुसार अहिलेको लागि नेपाल टेलिकमको टेलिफोन वा मोवाइल सेवामार्फत गुनासोको भ्वाइस रेकर्ड गराउँन सक्नेछन् भने केही समयभित्रै अन्य सेवा प्रदायकको फोन तथा मोवाइलबाट समेत गुनासो रेकर्ड गराउने सक्ने तयारी भैरहेको उपमहानगरपालिका सूचना शाखाले जनाएको छ । उपमहानगरले सेवाग्राहिलाई आफ्ना गुनासा दर्ता गराई सेवालाई समस्यारहित बनाउने काममा सहयोग गर्न आग्रह गरेको छ ।







