सूचना मागौं, भ्रष्टाचारको अन्त्य गरौं

साझाकुरा
२०८१ बैशाख १०, सोमबार ११:४३

हेटौंडा- सूचनाको हकका लागि राष्ट्रिय महासंघ, जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्षमा गौरव श्रीवास्तव चयन भएका छन् । शनिबार हेटौंडामा सूचना मागौं, भ्रष्टाचारको अन्त्य गरौं भन्ने नाराकासाथ भएको साधारण सभाले श्रीवास्तवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयनगरेको हो ।उपाध्यक्षमा उपाध्यक्षरोशन बल, सचिव नरवहादुर स्याङतान, कोषाध्यक्ष पार्वती सुबेदी चयन भएका छन् ।

त्यस्तै सदस्यमा समिता सुनार रसाइली, देबकुमार बल, विशाल लामा, दिपेशकुमार श्रीवास्तव, दिपेश सिंहं, प्रमेश हुमागाई, श्रीराम दहाल, माधव माझी, नीशा कर्ण चौधरी र सूर्यबहादुर गोले रहेका छन् । नयाँ कार्यसमितिका सदस्यलाई सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश संयोजक तथा केन्द्रीय सदस्य गुलावकुमार चौधरीले सूचनाको हकसम्बधी ऐन र यसको कार्यान्वयनले सुशासनमा पार्ने सकारात्मक प्रभावबारे अभिमूखीकरण समेत प्रदान गरेका थिए ।

कार्यसमितिले सूचना माग गर्ने अभियानलाई नागरिकस्तरसम्म पु¥याउने निर्णय गरेको अध्यक्ष श्रीवास्तवले जानकारी दिए । राष्ट्रिय सूचना आयोगलगायत निकायले सूचनाको हकको प्रभावकारी कार्यान्वयन, प्रचलन भएको नभएकोबारे अनुगमनका लागि विद्यमान प्रावधानमा जिल्ला तहमा सूचनाको हकका लागि राष्ट्रिय महासंघको अनिवार्य प्रतिनिधित्व हुने गरी प्रावधान राख्न जिल्ला कार्यसमितिले स्थानीय सरकारसँग मागगर्ने अध्यक्ष श्रीवास्तवले बताए ।

सूचना माग्ने र पाउने प्रक्रियालाई सहज, छिटो र छरितो बनाउन सार्वजनिक निकायसँग विज्ञप्तीमार्फत ध्यानार्कषण गराइएको उनले बताए । सूचना मागकर्ताले यथाशीघ्र सूचना प्राप्त गर्न र समय सापेक्षित प्रविधिको प्रयोगमार्फत् सूचना छिटो उपलब्ध गराउनका लागि छिटोछरितो र प्रभावकारी प्रणालीको विकास गरी व्यवहारिक प्रयोगमा ल्याउन सम्पूर्ण सार्वजनिक निकायसँग आग्रह गरेका छन् ।

सूचनाको हकसम्बधी ऐन २०६४ को दफा ५ अनुसार सार्वजनिक निकायले सूचना अध्यावधिक प्रकाशन गर्नुपर्ने र दफा ६ ले सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने व्यस्था हुँदा पनि अधिकांश सार्वजनिक निकायले ऐन नियमावलीले तोके बमोजिम विवरणहरु प्रकाशन नगरेको र अनुगमन गर्नपर्ने निकायले सो कार्यमा तीब्रता दिनुपर्ने विज्ञप्तीमार्फत् ध्यानाकर्षण गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*