राक्सिराङमा दुई युवकमाथि कुटपिट
हेटौंडा- मकवानपुरको राक्सिराङ गाउँपालिका–२ कालिधापमा अपरिचित ब्यक्तिले स्थानीय दुई जनालाई कुटपिट गरेका छन् ।बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सोमबार अटोमा आएका २÷३ जना व्यक्तिले पलासेबाट बरेटार घरतर्फ पैदल जाँदै गरेका २५ को सन्देश ब्लोन र वर्ष ३२ को जीवन ब्लोनलाई कुटपिट गरेका हुन् । कुटपिटबाट सन्देशको टाउको, नाक र मुखमा चोट अवस्था मध्यम रहेको छ भने जीवनको टाउको र शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सामान्य उपचारपश्चात् थप उपचारको लागि दुबैजनालाई भरतपुर चितवनतर्फ पठाएको थियो । दुबैको चितवनस्थित मनकामना अस्पतालमा उपचार भइरहेको
प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न ब्यक्ति फरार रहेका छन् । उनीहरुलाई प्रहरीले खोजीकार्य गरिरहेको जनाएको छ ।







