विकट राक्सिराङमा घरदैलोमै सेवा प्रदान

साझाकुरा
२०८१ बैशाख १३, बिहीबार १२:१५

हेटौंडा-सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यका साथ मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले गाउँटोलमै पुगी एकीकृत सेवा प्रदान गर्न सुरु गरेको छ । गाउँपालिकाले घरघरमै पुगी बिरामी जाँच, स्वस्थ्य, कृषि तथा अन्य सेवा सुरु गरेपछि गाउँबासी दंग बनेका छन् ।‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराकासाथ गत आर्थिक वर्षदेखि सुरु गरेको गाउँपालिकाले गाउँटोलमै पुगी एकीकृत सेवा दिने कार्यक्रमलाई निरन्तरता दिएको हो ।

कार्यक्रमको निरन्तरताको क्रममा गाउँपालिकाले सोमबारबाट विभिन्न वडालाई समेटेर एकीकृत सेवा सुरु गरेको हो । गाउँपालिकाको १, २ र ३ नम्बर वडालाई समेटेर सोमबार राक्सिराङ–२ को कुँडुलेमा एकीकृत घुम्ती शिविरको आयोजना गरिएको थियो ।शिविरमा सहकारी जागरण कार्यक्रमअन्तर्गत सहकारी सेवा पहुँच र उपभोग प्रवद्र्धन कार्यक्रम, कृषि विकास कार्यक्रमअन्तर्गत मिनी ट्रिलर, कम्वाइन मिल, टनेल प्लाष्टिक लगायत सामग्री वितरण, पशुसेवा कार्यक्रमअन्तर्गत पशु औषधि तथा घाँसको बीउ वितरण, सामान्य स्वास्थ्य परीक्षण, निशुल्क औषधि वितरण र अपा·ता जाँच र परिचयपत्र वितरण गरिएको थियो ।

ज्येष्ठनागरिक तथा अशक्त तथा हिँड्न नसक्ने बिरामीको घरघरमै पुगी स्वास्थ्य जाँच र निःशुल्क औषधिको समेत व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । अर्को वर्षदेखि एकीकृत सेवा प्रदान कार्यक्रमलाई प्रत्येक वडामा पु¥याइने र अझ व्यवस्थित तरिकाले सेवा प्रदान गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । एकीकृत शिविरअन्तर्गत वैशाख १४ गते राक्सिराङ–६ को काँकडा स्वास्थ्यचौकी र जुरेथुम प्राविमा निर्धारण गरिएको छ भने वैशाख १८ गते राक्सिराङ–४ को वडा कार्यालय र स्वास्थ्य संस्थाबाट सेवा दिइनेछ । त्यसैगरी वैशाख २१ गते राक्सिराङ–९ को कालिका मावि, अठारेलाई केन्द्र बनाई एकीकृत शिविर गर्ने कार्यक्रम
तय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए ।

एकीकृत घुम्ती शिविर उद्घाटनमा बोल्दै गाउँपालिकाका अध्यक्ष मल्लले विकट गाउँका बासिन्दालाई घरटोलमै सेवा दिई जनमुखी काममा आफूहरु क्रियाशील रहेको बताए । एकीकृत शिविरमा ३ सय ११ जनाको सामान्य उपचार गरिएको थियो भने २२ जना गम्भीर बिरामीलाई विशेष उपचार गरिएको थियो । त्यस्तै ३ सय ६ जनालाई निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्य शाखाले बताएको छ । त्यस्तै कृषितर्फ २९० जनालाई तरकारीको बीउ वितरण गरिएको थियो ।

त्यस्तै पशुसेवातर्फ २३० जनालाई घाँसको बीउ वितरण गरिएको थियो भने २५१ जना किसानलाई पशुपंक्षीका विभिन्न रोगविरुद्धका औषधि निःशुल्क वितरण गरिएको थियो । शिविरमा ११ जनाको अपा·ता परीक्षणको लागि निवेदन संकलन गरिएको थियो भने ३ जना अपा·लाई ह्वीलचियर र वैशाखी जस्ता सहायक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । १० जना ज्येष्ठ नागरिकलाई घरघरमै पुगी फलफूल, पौष्टिक आहारसहित सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष मल्ल, उपाध्यक्ष वनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत गर्तौला, १ नम्बर वडाध्यक्ष बाबिराम मुक्तान, २ नम्बर वडाध्यक्ष वुद्धराम मुक्तान, ३ नम्बर वडाध्यक्ष उत्तम वाइबा लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*