मकवानपुरमा एकैदिन तीनजनाको मृत्यु

साझाकुरा
२०८१ बैशाख १४, शुक्रबार १२:१२

हेटौंडा- मकवानपुरमा बिहीवार एकैदिन फरक–फरक घटनामा तीनजनाको ज्यान गएको छ । भीरबाट लडेर, पौडी खेल्दा डुबेर र सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।कैलाश गाउँपालिका–१० सादिखोरियास्थित भित्री सडकखण्डमा गएराति ट्याक्टरले चेपिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश–१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

भालटारबाट पुरानो गाउँतर्फ बिजुलीको पोल बोकी जाँदै गरेको बागमती प्रदेश०३–००१ त ०४१९ नम्बरको ट्याक्टरको पछाडि टेलरमा सवार प्रदीपको सोही ट्याक्टरबाट लडेर पछाडिको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायवउपरीक्षक भण्डारीले बताए ।प्रहरीले ट्याक्टर र ट्याक्टर चालक भीमफेदी गाउँपालिका–९ बागमारा बस्ने ३३ वर्षीय वीरमान स्याङतानलाई नियन्त्रणमा लिई घटनाबारेमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसैगरी, बिहीबार खोलामा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–७ स्थित मनहरी माथिल्लो बजार बस्ने ३३ वर्षीय शेखर थापाको मृत्यु भएको हो । नुहाउने क्रममा पानिमा डुबेका उनको खोलामै मृत्यु भएको र इप्रका मनहरीले मुचुल्कापश्चात पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको छ ।राक्सिराङ गाउँपालकिा–४ पञ्चमी बस्ने ४१ वर्षीय ईमानसिङ थिङ भीरबाट लडी घाईते भएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उपचारको क्रममा चितवन स्थित भरतपुर अस्पतालमा उनको ज्यान गएको हो । उनको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*