मनहरी–२ को भिमानमा मुल सुकेपछि पिउने पानी अभाव

साझाकुरा
२०८१ बैशाख १५, शनिबार १८:२०

हेटौंडा- मकवानपुरको मनहरी–२ भिमान र त्यस आसपासका क्षेत्रमा पिउने पानीको अभाव भएको छ । लामो समयसम्म खडेरी परेकोले वडाको भिमान, ट्यांकीदमारलगायत क्षेत्रमा पिउने पानीको अभाव भएको हो ।खडेरीका कारण अहिले त्यस क्षेत्रका पानीका मुहान सुकेका छन् । स्थानीयले पिउने पानी पाउन मुस्किल भइरहेको छ । स्थानीय चन्द्र स्याङ्तान माधवका अनुसार एक हप्ताअघिदेखि पिउने पानीको अभाव भएपछि त्यस क्षेत्रका बासिन्दालाई ट्यांकरबाट पिउने पानी वितरण गरिएको छ ।

स्याङ्तानका अनुसार वडा नम्बर २ को समन्वयमा हरेक दिन पिउने पानी वितरण भइरहेको छ । पानी परेर अवस्था सामान्य नभएसम्म हरेक दिन पिउने पानी वितरण गर्ने योजना
रहेको उनले बताए । ३ हजार १ सय ५८ जना भन्दा बढी जनसंख्या बसोबास गर्ने मनहरीको वडा नम्बर २ मा ५ सय ९१ भन्दा बढी घरधुरी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*