नागस्वतीमा कृषिउत्पादन तथा संस्कृति मेला

साझाकुरा
२०८१ बैशाख १८, मंगलवार १३:४३

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–७, स्थित नागस्वती युवा क्लबको आयोजनामा प्रथम नागस्वती स्थानीय कृषिउत्पादन तथा संस्कृति प्रवद्र्धन मेला–२०८१ हुने भएको छ ।न्यूरेनीस्थित बेलिब्रिजसँगै रहेको खाली जग्गामा मेला आयोजनाको तयारी गरिएको क्लबले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । मेला वैशाख १९ गतेदेखि ३० गतेसम्म हुनेछ । स्थानीय संस्कृति प्रवद्र्धन तथा कृषि प्रदर्शनी गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागेको क्लबका अध्यक्ष अमर गुरुङले जानकारी दिए ।

मेलामा मकवानपुर जिल्लामा उत्पादित कृषिउपजको प्रदर्शनी राखिने र स्थानीय कृषकलाई प्रोत्साहन गर्नका लागि विशेष कार्यक्रम समावेश हुने आयोजकले जनाएको छ । यसैगरी, मेलामा स्थानीय संस्कृतिसँग सम्बन्धित विभिन्न कला, संगीत तथा नृत्य प्रस्तुति रहने जनाइएको छ ।राष्ट्रिय तथा स्थानीयस्तरका चर्चित कलाकार धुर्मुस सुन्तली, प्रताप दास, प्रिति आले, ज्योति मगर, शान्तिश्री परियार, प्रमोद खरेल लगातले प्रस्तुती दिने तयारी छ । पहिलो र दोस्रो दिन निःशुल्क प्रवेश रहने यस मेलामा अन्य दिनमा भने प्रवेश शुल्क लिइने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*