डलर देखाएर ठगी गरेको आरोपमा एकजना पक्राउ
हेटौंडा-अमेरिकन डलर देखाई नेपाली रुपैयाँ ठगि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले एकजनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ बस्ने ३५ वर्षीय डिलबहादुर भण्डारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वैशाख १६ गते बिहान ८ बजेको समयमा रौतहट गुजरा नगरपालिका–२ घरभई हाल चितवन भरतपुर महानगरपालिका–१० नारायणघाट बस्ने ३८ वर्षीय खेमराज पौडेललाई सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का भण्डारीले आफूसित ४१ हजार ५० अमेरिकन डलर छ नेपाली रुपैयाँमा साट्नु प¥यो भनि विश्वास दिलाई हेटौंडा–१२ आल्दमारस्थित भाइरल पुलमा बोलाएका थिए । यो सूचना पाएपछि प्रहरी टोलीले भण्डारीलाई फेला पारी रीतपूर्वक खानतलासी गर्दा अमेरिकन डलर ५० को ९ थान, नेपाली २० को ५८० थान, मोवाइल ४ थान, बागमती प्रदेश ०२–०४९ प ३१२५ नं. मोटरसाइकल समेत फेला पारेको थियो ।







