हेटौंडाका श्रमिकलाई सम्मान
हेटौंडा- मकवानपुरको हेटौंडा उपमहागनरपालिका–१३ र वडा नम्बर १४ का श्रमिकलाई सम्मान गरिएको छ ।अन्तराष्ट्रिय श्रमिक दिवस (मे दिवस) को पूर्वसन्ध्यामा मंगलबार प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध रहेका ती श्रमिक कामदारलाई सम्मान गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । कार्यक्रम अन्तर्गत श्रमिकलाई खादा लगाएर सम्मान गरिएको थियो ।हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, हेटौंडा–१३ का वडाअध्यक्ष पेम्बा लामा र अन्यसरोकारवाला निकायका व्यक्तित्वको सहभागितामा सम्मान कार्यक्रमगरिएको हो ।







