जन्मदिनको अबसरमा विद्यार्थीलाई पोशाक

साझाकुरा
२०८१ बैशाख २०, बिहीबार ०९:०१

हेटौंडा- थाहा नगरपालिका वडा नम्बर ३ निवासी सुशान्त गोपालीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई पोशाक सहयोग गरेका छन् ।थाहा नगरपालिका वडा नम्बर–२ फेदीगाउँको घाटदेवी आधारभुत विद्यालयका जेहेन्दार ५ विद्यार्थीहरुलाई विद्यालय पोशाक सिलाउने ज्यालासहित सहयोग गरेका छन् । सो अवसरमा पालुङ जेसीजले शैक्षिक सामाग्री समेत वितरण गरेको थियो । पालुङ जेसीज वर्ष २०२४ का जनसम्पर्क अधिकारी समेत रेहका गोपालीले १८ वैशाखमा विद्यालयमै पुगेर शैक्षिक सामाग्री प्रदान गरेको हो ।

कार्यक्रममा गोपालीसहित पालुङ जेसीजको पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । वडा नम्बर २ का वडना सदस्य अर्जुन कार्कीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर तामाङको विशिष्ट आतिथ्यतामा विद्यालयका प्रधानाध्यापक दिपक कार्कीलाई सामाग्री हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझी, महासचिव बिक्रम गोपालीलगायत जेसीज पदाधिकारी तथा विद्यालयका शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*