हेटौंडा भेट्रान्सकप फुटबल सुरु, बानेश्वर र बौद्धको विजयी सुरुवात

साझाकुरा
२०८१ फाल्गुन २३, शुक्रबार ११:५०

हेटौंडा- बिहीबारबाट दसौं राष्ट्रिय हेटौंडा भेट्रान्सकप ८ ‘ए’ साइड रनिङशिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । खेलको उद्घाटन गर्दै हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजना भएको भेट्रान्स प्रतियोगिताले पूर्वखेलाडीको सम्बन्ध विस्तार र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने बताइन् । युवा खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले प्रोत्साहन थप्ने भन्दै उनले बिहान र बेलुकाको समय खेलमा बिताउन सके स्वस्थ्य बन्न सकिने बताइन् । भेट्रान्स खेलले फुटबल खेलको विकासमा ठुलो योगदान पु¥याउँदै आएको बताउँदै उनले खेलाडीबीचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउँदै पुरानो सम्बन्धलाई नवीकरण गर्दै मकवानपुरलाई खेलक्षेत्रबाट चिनाउन भूमिका खेलेकोमा हेटौंडा भेट्रान्सलाई धन्यवाद व्यक्त गरिन् ।

उद्घाटनमा शिक्षाविद् पूरणबहादुर जोशी, एन्फाका केन्द्रीयसदस्य टीका लामा, हेटौडा उपमहानगरपालिका–४ का अध्यक्ष नवीन सिग्देल, वडा नम्बर ५ अध्यक्ष सुशील घिमिरे, वडा नम्बर ६ अध्यक्ष विष्णुबहादुर दाहाल, वडा नम्बर ७ अध्यक्ष दामोदर गौतम, वडा नम्बर ८ अध्यक्ष राम थापा, वडा नम्बर ९ अध्यक्ष शुकराम केसी, वडा नम्बर १० अध्यक्ष फुर्वादोर्जे लामा, वडा नम्बर ११ अध्यक्ष जुना दाहाल, जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्वअध्यक्ष बालकृष्ण चौलागाई, माधव तिमल्सीना, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

फागुन २६ सम्म हेटौंडा–४ मा रहेको हुप्राचौर खेल मैदानमा भइरहेको प्रतियोगितामा १५ वटा समूहले भाग लिएको खेलसंयोजक मणिराज गौतमले बताए । क्लबका उपाध्यक्ष नवराज बज्राचार्यको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा बानेश्वर फ्रेण्डसीप भेट्रान्स र बौद्ध भेट्रान्सले विजयी सुरुवात गरेका छन् । बानेस्वर भेट्रान्सले बीरगंज सिटी भेट्रान्सलाई सुन्यविरुद्ध एक गोल गर्दै विजयी भएको हो । बानेस्वरको तर्फबाट खेलको अन्तिम समयमा हरिहर थापाले गरेको एकमात्रै गोल निर्णायक बनेको थियो । खेलको म्यान अफ द म्याच थापा घोषित भएका थिए । यस्तै दोस्रो खेलमा बौद्ध भेट्रान्सले वीरगन्ज यूथलाई सुन्य विरुद्ध दुई गोल गर्दै विजयी भएको छ । खेलमा बौद्धको तर्फबाट उमन मोक्तान र राजु कोइरालाले एक÷एक गोल गरेका थिए । खेलमा कोइराला म्यान अफ द म्याच घोषित भएका थिए । तेस्रो खेलमा एबिसि भेट्रान्स पोखरा र भुटनदेवी भेट्रान्स बीच निर्धारित समयमा गोलरहित खेल भएकोले बराबरीमा टु·िएको छ । समय अभावका कारण यी दुई समूहबीचको ट्राई ब्रेकर शुक्रवार बिहान १० बजे हुने आयोजकले जनाएको छ ।

शुक्रवार ४ खेल हुनेछन् । पहिलो खेल फ्रिडम फाइटर र चितवन भेट्रान्सबीच दिउँसो १ बजे हुनेछ भने दोस्रो खेल सिमरा भेट्रान्स र नागस्वती भेट्रान्सबीच दिउँसो २ बजे हुने तालिका रहेको छ । तेस्रो खेल बगरभाइखलक पोखर र एनजेजेभिसी सिमराबीच दिउँसो ३ बजे र चौथो खेल अपराह्न ४ बजे किङकम भेट्रान्स र बुटवल भेट्रान्सबीच हुने तालिका रहेको छ । प्रतियोगितामा मुख्य प्रायोजककारुपमा हेटौंडा उपमहानगरपालिका रहेको छ भने सहप्रायोजकमा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट रहेको छ । विभिन्न पालिका, वडा कार्यालय, संघसंस्था तथा समाजसेवी, फुटबल खेलप्रेमीको साथ सहयोगरहेको क्लबका अध्यक्ष रमेशउप्रेतीले बताए । प्रतियोगितामा पहिलो हुने समूहले एक लाख५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विधागत खेलाडी, सर्वश्रेष्ठ कोच, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*