हेटौंडाका विशेष बानियाँ युथ–१९ साफको टोलीमा
हेटौंडा- भारतमा आयोजना हुने युथ–१९ साफ च्याम्पियनसिपका लागि घोषित २३ सदस्यीय नेपाली टोलीमा हेटौंडाका विशेष बानियाँ समावेश भएका छन् ।मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बैशाख २६ देखि जेठ ४ (मे ९ देखि १८) सम्म आयोजना हुने च्याम्पियनसिपका लागि आइतवार टोलीको अन्तिम छनोट गर्दा बानियाँको नाम समावेश भएका हो । उनी गोलरक्षकको भूमिकामा प्रतियोगितामा सहभागी हुनेछन् । यसअघि युथ–१६ र १७ को राष्ट्रिय टोलीमा सहभागी भइसकेका बानियाँ अन्तिम सूचीमा अटाएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाल रहेको समूहमा आयोजक भारत र श्रीलंका रहेको छ । च्याम्पियनसिपको समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बंगलादेश
छन् । नेपाली टोलीको गोलरक्षक बानियाँसहित भक्तबहादुर परियार र उपेन्द्र ल्वागुन रहेको छन् । डिफेन्डरमा रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्वा र सिद्धान्त खड्का रहेका छन् ।
मिडफिल्डरमा कृष्णबहादुर आले, कृष थापामगर, सरोज दर्लामी, लछु थापा, सबिनकुमार लुंगेलीमगर, रञ्जित लामा, सुवास बम र विज्ञान खड्का छन् । फरवार्डमा पवन पाख्रिन, धरबेन्द्र कुँवर, सुजन डंगोल र प्रसुन तामाङ रहेका छन् ।







