गोल्डकपको फाइनल बिहीबार : उपाधि जित्ने दुबै टोलीको दाबी

साझाकुरा
२०८२ बैशाख २५, बिहीबार ११:१८

हेटौंडा- हेटौंडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल बिहीबार हुँदैछ । उपाधिको लागि दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । बुधबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दाबीगरेका छन् । एपीएफका प्रशिक्षक जिवेश पाण्डेले मेहनत गरेर उपाधि जित्ने बताए । पुलिस पनि राम्रो टिम भएको बताउँदै उनले रक्षात्मक नभई आक्रमक खेल प्रस्तुत गर्ने बताए । त्यसैगरी एपीएफकी कप्तान अनिता बस्नेतले निरन्तर खेल खेलिरहेकोले आफूहरुले अलि रेष्ट कम पाएको तर, फाइनलमा उपाधि जित्ने गरी खेल्ने दावी गरिन् ।

यस्तै पुलिसका प्रशिक्षक भोलानाथ सिलवालले एपीएफ तुलनात्मकरुपमा आफूहरुभन्दा बलियो टिम भएपनि कम्पिटिसनमा उत्रने बताए । एपीएफ राष्ट्रिय खेलाडीले भरिपूर्ण बलियो भएपनि आफूहरुले जित्ने गरी खेल्ने र सबै खेलाडी शारीरिकरुपमा फिट रहेको प्रशिक्षक सिलवालले बताए । यो पटक एपीएफलाई रोक्ने आफूहरुको रणनीति रहेको पनि उनले बताए ।

पुलिसकी कप्तान निरुता थापाले यो उपाधि जित्ने गरी आफूहरु मैदानमा उत्रने बताइन् । मंगलबार भएको सेमिफाइनल खेलमा चितवनलाई पराजित गर्दै पुलिस र संकटालाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल खेल वैशाख २५ गते हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*