मेयरकपको खेलतालिका सार्वजनिक

हेटौंडा-जेठ ३ गतेदेखि सुरु हुने मेयरकप वडास्तरीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै खेलतालिका सार्वजनिक गरिएको हो । तालिकाअनुसार उद्घाटन खेलमा वडा नम्बर ११ र साविक बिजेता वडा नम्बर ४ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा उपमहानगरभित्रका १९ वटै वडाले सहभागिता जनाएका छन् । उपमहानगरका वडाबीच प्रतिस्पर्धा गराई दक्ष खेलाडी उत्पादन गर्ने, सौहार्दपूर्ण सुमधुर सम्बन्ध बिस्तार गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको नगर खेलकुद विकास समितिका सदस्य विजय गौतमले जानकारी दिए ।
हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा हु्ने पाँचौं संस्करणको प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितको विजेता टिमले नगद दुई लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने र उपविजेताले २ लाख सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् ।विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कष्ट फरवार्ड, किपर, उत्कृष्ट प्रशिक्षक र डिफेन्सलाई जनही नगद १० हजार प्रदान गरिने बताइएको छ । प्रतियोगिता सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले २० लाख बजेट विनियोजन गरेको छ ।