खड्गीको अध्यक्षतामा १७ सदस्यीय खेलकुद सरोकार समाज गठन

साझाकुरा
२०८२ असार २, सोमबार १२:५२

हेटौंडा- खेलकुद र खेलाडीको दिगो विकास गर्ने उद्देश्यले मकवानपुरमा खेलकुद सरोकार समाजको स्थापना गरिएको छ । खेलाडी, अभिभावक, प्रशिक्षक, प्राविधिक तथा खेलसम्बद्ध संघसंस्थालाई प्रोत्साहन र प्रेरणा दिने उद्देश्यले समाजको सथापना गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । खेलकुद विकास समितिका पूर्व अध्यक्ष भेष खड्गीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा बसन्तकुमार सिटौला, महासचिवमा लालकुमार पौडेल, सचिवमा आलोक स्याङ्तान र कोषाध्यक्षमा शोभा घिमिरे रहेका छन् ।

आर्थिक पाटोलाई दीर्घकालीनरुपमा व्यवस्थापन गर्न अक्षयकोषको निर्माण गरिएको अध्यक्ष खड्गीले जानकारी दिएका छन् । औद्योगिक खेलकुद व्यापार मेलाबाट प्राप्त सहयोग २० लाखबाट अक्षयकोषको सुरुवात गरिएको हो । अध्यक्ष खड्गीले कोषमा व्यक्तिगत रुपमा ५० हजार आर्थिक सहयोग गरेका छन् । निर्माण व्यवसायी संघ र शान्ति औद्योगिक संस्थाको आयोजनामा भएको व्यापार मेलाबाट प्राप्त ५१ हजार गरी कोषमा २१ लाख रहेको बताइएको छ । कोषमा एक करोडभन्दा बढी रकम पु¥याउने लक्ष्य राखिएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष खड्गीले खेलाडीको पहिचान, उनीहरुले गरेका कार्यको सम्मान र निरन्तरताका लागि वार्षिकरुपमा मकवानपुर खेलकुद अवार्ड आयोजना गरिने बताए । समाजलाई खेलाडी र यसविधासँग जोडिएका प्रशिक्षक, प्राविधिक सबैले गौरव गर्न लायक बनाउने गरी विकास गर्ने लक्ष्य रहेको उनले बताए । अक्षयकोष मार्फत खेलकुदका गतिविधि र विविध कार्यक्रम गर्ने, वार्षिकरुपमा मकवानपुर खेलकुद अवार्ड आयोजना गर्ने, संस्थामा आबद्ध हुन चाहनेहरुका लागि निर्धारीत शुल्क लिएर सदस्यता वितरण गर्नेलगायतका कार्यक्रम तय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*