मधुसुदन–रोशनको जोडीलाई ब्याडमिन्टनको उपाधि

साझाकुरा
२०८२ असार ९, सोमबार १२:३९

हेटौंडा-थाहा नगरपालिकामा सम्पन्न छैटौं उपमेयरकप डबल्स मेन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि रोशन गोपाली र मधुसूदन चौधरीको जोडीले जितेका छन् ।फाइनल खेलमा साविक विजेता नरेन्द्र र देवको जोडीलाई पराजित गर्दै गोपाली र चौधरीको जोडीले उपाधि जितेको हो । उपाधिसँगै उनीहरुले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । साविक विजेताका रुपमा फाइनलमा उत्रिएका नरेन्द्र÷ देव उपविजेतामा सीमित भए । उनीहरुले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि सुनिल विष्टले जिते । उनले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे । सान्त्वना पुरस्कार सुनिल÷नवीन र नरेन्द्र÷ इसाकको टिमले प्राप्त गरेका छन् ।

थाहा नगरपालिका–४ क्याम्पाडाँडामा रहेको कबर्डहलमा सम्पन्न प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए । समापन समारोहका प्रमुखअतिथि उपप्रमुख भरत गोपालीले विजेता र अन्य विधागत खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । समारोहमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, शिक्षा शाखाप्रमुख माधवविक्रम मल्ल, पालुङ भ्यालीहार्ट एकेडेमीका प्रिन्सिपल सुरेन्द्रमान प्रधान, फरक सोचका संयोजक यादवजंग रायमाझी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको संयोजन थाहा नगरपालिकाले गरेको हो भने शिखर क्लब र फरक सोच सहयोगी संस्थाका रुपमा रहेका थिए । प्रतियोगितामा प्रेस तथा सञ्चार साझेदारका रुपमा पालिका प्रेस, थाहापाटी, लालखबर, थाहा टाइम्स, टिम टिभी, बाइरोड र रेडियो दामन रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*