अन्तर्राष्ट्रिय बुदो मार्सल आट्र्स च्याम्पियनसिप–२०२५

हेटौँडा- मकवानपुर क्योकुशिन कराँते संघका खेलाडी सुदर्शन खतिवडाले अजरबैजानको बाकु शहरमा सम्पन्न अन्तर्राष्ट्रिय बुदो मार्सल आट्र्स च्याम्पियनसिप–२०२५ मा एक स्वर्ण र एक रजत पदक जितेका छन् ।हेटौंडा उपमहानगरपालिका–१८ निवासी खतिवडाले ८५ केजी तौल समूहमा फुलकन्ट्याक्ट कराँतेतर्फ स्वर्ण पदक र किक बक्सिङतर्फ रजत पदक हासिलगरेका हुन् । साउन ८ देखि १२ गतेसम्म बाकु सहरमा आयोजना भएको उक्त प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै खतिवडाले सहभागिता जनाएका थिए ।
सानै उमेरबाट क्योकुशिन कराँतेमा सक्रिय खतिवडाले यसअघि पनि राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।उनी हाल मकवानपुर क्योकुशिन कराँते संघका सल्लाहकार समिति सदस्य तथा नेपाल बालकुमारी क्योकुशिन करातेका केन्द्रीय सदस्यसमेत हुन् । खतिवडा मकवानपुरका एक सफल ब्यवसायी तथा युवामाझ परिचित छन् ।