यातायात व्यवसायीमा उत्साह जगाउने
नेपालको सार्वजनिक यातायातका साधनमा पूर्णरुपमा निजीक्षेत्रको लगानीले धानेको छ । घरबारी धितोबन्धकी राखेर निजीक्षेत्रले सडकमा गुडाएका सवारी साधनलाई राज्यको नीति र ब्यवहारले संरक्षण गर्न सकेको अवस्था छैन । बुधबार नारायणी यातायात व्यवसायी संघले आयोजना गरेको स्वागत एवम् सम्मान कार्यक्रममा मुख्यमन्त्री ईन्द्र बानियाँले आपूm मुख्यमन्त्री हुँदा यातायात व्यवसायीलाई उत्साह जगाउने गरी काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
मुख्यमन्त्री बानियाँले संघीय सरकारसँग समन्वय गरी जीर्ण अवस्थामा रहेका राष्ट्रिय राजमार्गको मर्मतको लागि पहल गर्ने बताए । पथलैया–हेटौंडा–नारायणगढसम्मको सडक खण्डविस्तारको कार्यलाई जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने उनको भनाई छ । मुख्यमन्त्री बानियाँले लोकतन्त्रमा निजीक्षेत्र विकासको मूल मेरुदण्ड हुने बताएका छन् । निजीक्षेत्रलाई सरकारप्रति भरोसा हुनेगरी प्रमुखको हिसाबले काम गर्ने उनले उल्लेख गरे ।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा यातायात व्यवसायी धेरै भएको र समस्या पनि धेरै हुने भएकोले समस्या न्युनीकरणलाई प्राथमिकतामा राख्ने पनि जिकिर गरे । उनले सरकारको पनि राजश्व बढ्ने र यातयात व्यवसायीको हितहुने विषयमा सरसल्लाह गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री बानियाँले तत्कालीन नारायणी अञ्चलमा दर्ता भएका सवारीलाई प्रदेशमा स्थानान्तरको प्रयास जारी रहेको बताएका छन् । मुख्यमन्त्री बानियाँले सवारी करको विलम्ब शुल्क मिनाहा गरेकाले यसको फाइदा लिन यातायात व्यवसायीलाई आग्रह गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष हीरालाल श्रेष्ठले यातायात व्यवसायको क्षेत्रमा रहेका समस्याबारे मुख्यमन्त्री बानियाँलाई अवगत गराए ।
पञ्जीकरण, नबीकरणका नाममा यातायात क्षेत्रमा भ्रष्टचारको सुरुवात भएको उनले बताए । त्यसैगरी अध्यक्ष श्रेष्ठले हेटौडाको सडक विस्तारको विषयलाई पनि छिटो टुग्याउन मुख्यमन्त्री बानियाँलाई आग्रह गरेका छन् । कार्यक्रममा महासचिव सरोज खनालले सवारी साधन नबीकरण, देशभर संचालन गर्ने अनुमतिपत्र (नेस्नल पर्मिट) आदिमा शुल्क तलमाथी भएकै कारण बागमती प्रदेशका सवारीधनीले मधेश प्रदेशबाट नबीकरण र नेस्नल पर्मिट लिने काम गरिरहेकोले बागमतीको राजश्व गुमिरहेको बताए ।
नेपाल सरकारले यातायात क्षेत्रका संघसंस्थाको नवीकरण नगर्ने निर्णयसँगै संघको नवीकरण नभएपछि सरकारको निर्णयविरुद्ध नेपाल ट्रक यातायात व्यवसायी महासंघले सर्बोच्च अदालतमा मुद्दा दायर गर्नुपरेको थियो । हेटौंडा–३ तीनताप्केस्थित राप्तीनदी छेउको खुलाचौरमा संघले १५ कठ्ठा जग्गा खरिद गरी तौलपुल, चालक रिफ्रेस सेन्टर निर्माण गर्ने तयारी गरिरहेको संघले यातायातको सबैखाले समस्या बुझेको मख्यमन्त्री भएको समयमा तमाम समस्या समाधान हुने अपेक्षा राखेको छ ।
पछिल्ला ७ वर्षको कार्यकालमा संघले खेप्नु परेको सबैखाले समस्याका बारेमा मुख्यमन्त्री बानियाँलाई जानकारी गराइने बताइएको छ । सवारी दुर्घटनापश्चात घाइते तथा अ·भ·को औषधिउपचार, मृतकका पीडित परिवारतर्फ पु¥याउनु पर्ने सेवा, सवारीधनीलाई दुर्घटना पश्चात आइपर्ने समस्यामा सहकार्य, आफ्नो सवारी तथा तेस्रोपक्ष सवारी मर्मतमा सहयोगलगायत कार्य नारायणी यातायात ब्यवसायी संघ हेटौंडाबाट हुँदै आएको छ । आजभन्दा करिव ४५ वर्षअघि अग्रज ब्यवसायीबाट स्थापना भएको नारायणी यातायात व्यवसायी संघले विभिन्न किसिमका आरोह अवरोहको सामना गरेर अघि बढ्दै गर्दा देशकै सबैभन्दा ठूलो र अग्रणी संस्थाको रुपमा परिचय बनाएको छ ।




